आर्थिक क्रान्ति मुलुकको आवश्यकता : भट्टराई

आर्थिक क्रान्ति मुलुकको आवश्यकता : भट्टराई

  • शनिबार, फाल्गुन २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासङ्घको प्रथम घोषणासभाका अवसरमा आज  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पूँजीको पहुँच साना र मध्यम व्यवसायीसम्म लगेमात्र देशको विकास हुने बताउनुभएको हो । “पुँजीवादको विकास नगरी समाजवाद आउँदैन, उत्पादनशील क्षेत्रमा लगानी गरेर समाजको विकास गर्नु जरुरी छ”, पूर्व प्रधानमन्त्री भट्टराइर्ले भन्नुभयो । वर्तमान सरकार कछुवाको गतिमा अगाडि बढेको र आर्थिक क्षेत्रको विकासमा दुई वर्ष खेर फालेको उहाँले आरोप लगाउनुभयो ।

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विश्वको सम्भावनायुक्त देश भएकाले यहाँ भएका प्राकृतिक सम्पदाको सही सदुपयोग गरी देश विकास गर्नुपर्ने बताउनुभयो । भ्रष्टचारमुक्त र सुशासनयुक्त मुलुक निर्माणमा समाजवादी पार्टी लागेको उहाँको भनाइ थियो । पार्टी बौद्धिक पेशागत सङ्घका इन्चार्ज नगेन्द्र प्रधान, नेवाः परिषद्का इन्चार्ज पञ्चलाल महर्जनले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको उल्लेख गर्नुभयो ।

महासङ्घका अध्यक्ष कमला गुरुङले युवालाई स्वदेशमा रोजगारी प्रदान गर्ने माध्याम सरकारले निर्माण गर्नुपर्ने बताउनुभयो । महासङ्घका उपाध्यक्ष अन्जनकुमार शाक्यले व्यवसायीको हकहितका लागि विभिन्न नौ विषयगत समिति गठन गरिएको जानकारी दिनुभयो । पार्टी केन्द्रीय सदस्य आङदेन्जी शेर्पाले विभिन्न विषयगत समितिका अध्यक्ष तथा सदस्यलाई शपथग्रहण गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ