विराटनगर, फागुन २१ गते । सुस्त श्रवण २३ वर्षिय छोरा बेखबर भएपछि आमा फुलकुमारी र बुबा कुन्जप्रसाद राजबंशीले खोजिदिन अपिल गर्नु भएको छ । झापा गौरादह नगरपालिका ३ का नरबहादुर राजबंशी गत कार्तिक २६ गतेदेखि बेखबर बन्नु भएको हो ।
घरबाट निस्केर हिडेको छोरो विराटनगरसम्म आउने गोधुलि बसमा चढेको थाहा पाएपछि साढे तीन महिनादेखि खोजि गरिरहेको भएपनि फेला पारिएका छैनन् । विराटनगर बसपार्कमा रहेको झापाली होटलमा आएर एकरात बास बसेकोसम्म थाहा पाएका बुबा र आमाले प्रहरीमा समेत खोजिदिन माग गर्दै निवेदन दिनु भएको थियो ।

हराएको छोरो फेला नपरेपछि बुधबार विराटनगरमा पत्रकारसँग रुँदै फुलकुमारी र कुन्जप्रसादले सहयोगको लागि अपिल गर्नुभएको छ । आफू भारतमा काम गर्न गएको बेला छोराले घर छोडेर हिडेको थाहा पाएपछि घर फर्केका दिनदेखि खोजिगरिरहेको उहाँले बताउनुभयो ।
तीन छोरामध्येका कान्छो नरबहादुरलाई कसैले फेला पारे ९८०६०२२१९५ मा बुझाई दिनका लागि उहाँले आग्रह गर्नु भएको छ । प्रहरीले सहयोग नगरेका कारण पत्रकारसँग आग्रह गर्नु परेको उहाँले बताउनुभयो ।