नेपाली कांग्रेसमा ११ जना केन्द्रीय सदस्य थपिएका छन् । सभापति शेरबहादुर देउवाले तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमति अनुसार ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
तत्कालिन फोरम अध्यक्ष तथा वर्तमान कांग्रेस उपसभापति विजयकुमार गच्छदारको सिफारिसमा पार्टी विधान २०१७ ९संशोधन सहित० को धारा ४ ९१०० ९ग० बमोजिम ११ केन्द्रीय सदस्य थपिएका हुन्।
केन्द्रीय सदस्य थपिएकामा रामजनम चौधरी ,कैलाली, नसिर सिद्धिकी ,भारतेन्दुकुमार मल्लिक , हेमराज तातेड , गोपाल दहित , मंगलप्रसाद थारु छन्। त्यस्तै योगेन्द्र चौधरी , हरिप्रसाद न्यौपाने , सुमित्रा थरुनी , कल्पना चौधरी र पवनकुमार सारडा छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline