गच्छेदार र पूर्व अख्तियार प्रमुख दस्नेत सहितलाई १५ दिन भित्र अदालतमा उपस्थित हुन अदालतको आदेश

गच्छेदार र पूर्व अख्तियार प्रमुख दस्नेत सहितलाई १५ दिन भित्र अदालतमा उपस्थित हुन अदालतको आदेश

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

काठमाण्डौं फागुण २३ । विशेष अदालत काठमाडौंले ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेका मध्ये काग्रेस नेता बिजय गच्छेदार र पूर्व अख्तियार प्रमुख दीप बस्नेत सहितलाई १५ दिन भित्र उपस्थित हुन आदेश दिएको छ । अदालतले आज ७४ जनाको नाममा १५ दिने म्याद जारी गरेको हो ।
अख्तियारले गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गर्नुका साथै ८ देखि १० बर्ष जेल सजायको समेत दाबी गरेको छ ।

अदालतले अख्तियारले आरोपपत्र दायर गर्दा क्रम संख्या १ देखि ४५ सम्मका व्यक्तिलाई र क्रम संख्या ११० देखि १४० सम्मका व्यक्तिलाई म्याद जारी गरेको हो ।

म्याद जारी गरिएकामा अख्तियारले ललिता निवास प्रकरणमा प्रतिवादी बनाइएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त पनि छन् । अख्तियारले पन्तलाई ३३ र श्रेष्ठलाई ३४ क्रम संख्यामा मुद्दा दायर गरेको थियो । पन्तलाई भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिवका रुपमा भ्रष्टाचार गरेको उल्लेख छ ।
त्यसै गरी बस्नेतलाई क्रम संख्या ३९ मा मुद्दा दायर गरिएको थियो । बस्न्यातलाई पनि भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिवका रुपमा भ्रष्टाचार गरेको उल्लेख छ ।

त्यस्तै शुक्रबार म्याद जारी भएकामा भूमिसुधार तथा व्यवस्था विभागका पूर्व निर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य पनि छन् । त्यस्तै मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजाका नाममा पनि म्याद जारी भएको छ ।

जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका छोरा कल्याण, गैरआवासीय नेपाली संघ, कल्पना तुलाधरको नाममा पनि म्याद जारी भएको अदालतले जनाएको छ ।

अख्तियारले गएको माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदारसहित ११० जना विरुद्ध आरोप पत्र दायर गरेको थियो भने ६५ जनालाई प्रतिवादी बनाइ जग्गा जफत गर्ने निर्णय गरेको थियो । ती मध्य ७४ जनाका नाममा म्याद जारी भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ