प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले ट्वीटर मार्फत उक्त जानकारी दिएका हुन् ।
आज आफूले प्रधानमन्त्रीलाई भेटेको र त्यस क्रममा प्रधानमन्त्रीले छिट्टै काममा फर्किने सन्देश दिनु भनेको बताएका छन् । “साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ, छिट्टै काममा फर्कन्छु ।” ट्वीटरमा लेखिएको छ ।
मृगौला प्रत्यारोपण पछि आईसियुमा राखिएका प्रधानमन्त्रीको श्वास्थ्य अवस्था बारे चार बजे पत्रकार सम्मेलन मार्फत अस्पतालले जानकारी दिने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline