भीडभाडमा नजाउ भन्ने अनि ससदको बैठक गरिरहने ? प्रदीप यादव

भीडभाडमा नजाउ भन्ने अनि ससदको बैठक गरिरहने ? प्रदीप यादव

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

संघीय समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संसद बैठक अविलम्ब रोक्नुपर्ने बताएका छन् ।

सरकारले कोराना भाइरसको त्रासका कारण भीडभाडमा नजान, भोजभतेर नगर्न निर्देशन दिइसके पनि संसद भवनमा कोरोना भइरसको सङ्क्रमण फैलन नदिनका लागि आवश्यक पूर्वतयारी नभएकोप्रति असन्तुष्टि व्यक्त गरे । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै यादवले यस्तो बताएका हुन् ।

‘कोरोना भाइरसको त्रास विश्वभरि फैलाइरकेको छ । विदेशका डाक्टर र एक्सपर्टले पनि यसको रोकथाम छैन सावधानी नै उपचार हो भनिसकेका छन्,’ संघीय संसद भवनमै कोरोना रोकथामको आवश्यक पूर्वतयारी नभएको भन्दै उनले भने, ‘नेपाल सरकारले पनि यसको रोकथामका लागि उपाय अपनाउन निर्देशन दिएको छ । तर संसदमा नै यसको रोकथामका केही उपाय अपनाइएको छैन ।’

स्वास्थ्य मन्त्रालयले पनि संसदमा छिर्दा चेकजाँच केही नगरेको उनले असन्तुष्टि व्यक्त गरे । ‘सरकारले भिडभाडमा नजानु भनिसकेकोे छ । भोजभतेर नगर्नू, साबून पानीले हात धुनू भनिसकेको छ तर हामी सांसदहरु यसमा कत्तिको सावधानी अपनाएका छौं रु,’ यादवले भने, ‘हामी २ सय ७५ जना सांसद एकै ठाउँमा जम्मा भइरहेका छौं ।’

उनले सांसद, मन्त्रीहरु धेरै भिडभाडमा जाने भएको हुँदा संसद, मन्त्रीलाई कोराना सङ्क्रमित भए त्यसको परिणाम नराम्रो आउने भन्दै यसमा सरकारको ध्यानाकर्षण गराए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ