नेपाल आए लगत्तै भारतीय राजदुत क्वात्रा सक्रिय, आज माधव नेपालसगँ भेटघाट

नेपाल आए लगत्तै भारतीय राजदुत क्वात्रा सक्रिय, आज माधव नेपालसगँ भेटघाट

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

नेता नेपाल निवासमा आज दुवैजनाबीच भेटवार्ता भएको हो । नेपाललाई भेट्न राजदूत क्वात्रा आज बिहानै नेता निवास कोटेश्वर पुगेका थिए ।

भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

वरिष्ठ नेता नेपालको आज जन्मदिन पनि रहेकोले राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामना समेत दिएका रिजालले बताए ।

क्वात्राले बिहीबार राष्ट्रपति विद्‍यादेवी भण्डारी समक्ष अ‌ोहोदाको प्रमाणपत्र पेस गरेका थिए ।

बिहीवार नै उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका थिए । उनी बुधवार काठमाडौं अ‌ाइपुगेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ