स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाले मास्क खरिदका लागि आह्वान गरेको टेन्डर रद्द भएको छ । एन ९५ मास्क खरिदका लागि महाशाखाले खुलाएको टेन्डरमा १० कम्पनीले प्रस्ताव हालेका थिए । विगतमै किनेको दरमा प्रतिगोटा तीन सय रुपैयाँ राखेर टेन्डर खोलिएको थियो । तर, कम्पनीहरूले प्रतिगोटा चार सय ५० रुपैयाँको दररेट प्रस्ताव गरेपछि टेन्डर रद्द भएको व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले बताए ।
‘विगतका वर्षमा झैँ प्रतिगोटा तीन सयको दररेट राखेर टेन्डर आह्वान भएको थियो, तर कम्पनीले सय रुपैयाका दरले मुल्य बढाए पछि टेन्डर रद्ध भएको विभागको भनाई छ ।
कोरोना भाइरस नियन्त्रणको पूर्वतयारी अन्तर्गत १५ सय फिजिकल प्रोटेक्टिभ इक्विपमेन्ट ९पिपिई०को व्यवस्था गर्न सरकारलाई विश्व स्वास्थ्य संगठन ९डब्लुएचओले० भनेको छ ।
डब्लुएचओले शरीर ढाक्ने सुरक्षित लुगा, विशेष चस्मा, भाइरस फिल्टर गर्ने मास्क, पन्जालगायतको सूची नै बनाएर सरकारलाई बुझाएको छ ।
तर, स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाले बजेट नभएको भन्दै खरिद गर्न सकेको छैन । एक व्यक्तिबाट अर्कोमा संक्रमण फैलिन नदिन विशेष सुरक्षा साधन प्रयोग गर्नुपर्छ । ‘डब्लुएचओले भनेअनुसार तत्काल पिपिई जुटाउन सक्ने अवस्था छैन,’ महाशाखा प्रमुख भोगेन्द्र डोटेलले भने, ‘सात सय पिस किन्न मात्रै पनि २८ करोड बजेट लाग्ने देखियो । यति रकम पनि स्वास्थ्य मन्त्रालयसँग छैन ।’ मन्त्रालयले तत्काल विभिन्न निकायसँग मागेर चलाउँदै आएको छ । डोटेलका अनुसार आगामी एक महिनाका लागि मात्रै सरकारलाई पाँच सय ५० पिपिई चाहिएको छ, तर १५ दिनका लागि मात्रै पुग्नेछ ।