बेपत्ता परिवारप्रति राज्य इमान्दार भएन : मुख्यमन्त्री राउत

बेपत्ता परिवारप्रति राज्य इमान्दार भएन : मुख्यमन्त्री राउत

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझै न्याय पाउन नसकेको टिप्पणी गर्नुभएको छ । जनकपुरमा आज आयोजित पीडित तथा सरोकारवालासँग प्रदेशस्तरीय अन्तक्र्रियामा मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राउतले आउँदा केही समयपछि बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं २ मा रहेका १९६ बेपत्ता परिवारको न्यायका लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले थप्नुभयो । “बेपत्ता परिवारको समस्यालाई अब नबल्झाऔँ”, उहाँले भन्नुभयो, “चाँडोभन्दा चाँडो निक्र्योलमा पु¥याऔँ । परिवारका सदस्य गुमाएकाको पीडा कम गर्न न्याय दिनुपर्छ ।”

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका आयुक्त युवराज सुवेदीको अध्यक्षतामा भएको अन्तक्र्रियामा मुख्यमन्त्री राउतले बेपत्ता पारिएका परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गर्नुभयो । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, आयोगका सहसचिव ईश्वरीप्रसाद ढकाल, सदस्य सुनिलरञ्जन सिंहलगायतले आ–आफनो धारणा राख्नुभएको थियो । कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आप्mना पीडा पोख्दै ‘सास या लास’ दिनुपर्ने माग गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ