सरकारले गरेको विकास देखेर विपक्षी अत्तालियो : नारायणकाजी श्रेष्ठ

सरकारले गरेको विकास देखेर विपक्षी अत्तालियो : नारायणकाजी श्रेष्ठ

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ । वाग्मती नगरपालिका–११ मा आजदेखि शुरु भएको प्रदेश नं २ कै सर्वाधिक धनराशिको चोथौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उद्घाटनका अवसरमा नेता श्रेष्ठले राष्ट्रियता, राज्य र समानताका विभिन्न क्षेत्रमा मतभेर रही रहेको समयमा राष्ट्रिय एकता तथा भ्रातृत्व जगाउने काम खेल क्षेत्रले गर्ने पार्टी प्रवक्ता श्रेष्ठले बताउनुभयो । खेलाडीले देशको इज्जत, प्रतिष्ठा जोगाउने काम गरेको भन्दै खेलाडीलाई सम्मान गर्ने काममा नेपाल सरकार लागिपरेको उहाँले उल्लेख गर्नुभयो ।

नेता श्रेष्ठले सरकार देश विकासको काममा तीव्र गतिमा लागेको भन्दै देशको विकासमा कसैले भाँजो हाल्ने काम गरेमा त्यस्तो कार्य आफूहरुको लागि स्वीकार्य नहुने बताउनुभयो । उहाँले अहिलेको सरकारले गरेको विकास निर्माण देखेर विपक्षी अत्तालिएको बताउनुभयो । सो अवसरमा नेकपा सर्लाहीका इञ्चार्ज डाचाराज वाग्लेले मानवीय सङ्कटका रुपमा कोरोना भाइरसले जनजीवन त्रसित बनाएकोे बताउँदै राजनीति मुक्त खेल क्षेत्र बनाउन आग्रह गर्नुभयो ।

वाग्मती युवा क्लबको आयोजनामा आजबाट शुरु भएको प्रतियोगिता चैत २ गतेसम्म चल्लेछ । प्रतियोगितामा दुई वटा विदेशी र १० सम्म १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले रु १० लाख र द्वितीय हुनेले रु पाँच लाख नगद पुरस्कार पाउने वाग्मती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ