यी हुन प्रधानमन्त्री ओली अस्पताल जानु अघि मन्त्रीपरिषद्ले गरेका निर्णयहरु

यी हुन प्रधानमन्त्री ओली अस्पताल जानु अघि मन्त्रीपरिषद्ले गरेका निर्णयहरु

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

राजीनामा दिएर पुनः मन्त्रीमा नियुक्त भएका अर्थमन्त्री एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गरेका छन् । प्रधानमन्त्री अस्पताल जानु अघि बसेको मन्त्रीपरिषद्ले चीनीया राजदुत लिलामणि पौड्याललाई फिर्ता बोलाउने लगायतका विभिन्न निर्णय गरेको थियो । यस्ता छन् मन्त्रीपरिषद्का ११ निर्णयहरु ः
१.आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्तस्शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने ।

२. डिपार्टमेन्ट अफ फूड टेक्नोलोजी एण्ड क्वालिटी कन्ट्रोल,नेपाल र बंगलादेश स्ट्यान्डर्ण्ड एण्ड टेस्टिङ इन्स्टिट्युसन, बंगलादेशबीच हुने समझदारी पत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी प्रदान गर्ने।

(ट्रेडिङ कर्पोरेसन अफ बंगलादेश र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, नेपालबीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न एसटिसीका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने ।

(नेपाल र बंगलादेशकाबीचमा प्रिफेरेन्सियल ट्रेडिङ अग्रिमेन्टको भागको रूपमा रहने प्रडक्ट लिस्टमा छलफल गर्ने वस्तुहरूको सूची तयार गर्न र सो सूची बंगलादेश पक्षलाई उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्याललाई अख्तियारी प्रदान गर्ने।

३. नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेडः विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।

४. कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्ति गर्ने।

५. जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने।

६. सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका कानूनी सल्लाहकार श्री युवराज कोइरालाले दिनुभएको राजीनामा स्वीकृत गर्ने।

७. चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोश्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने।

८. सुपर मादी जलविद्युत आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्ग लगायतका संरचनाहरु निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने कास्की जिल्लाको मादी गाँउपालिका(२ मा रहेको कूल जम्मा ६।९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखविरुवाहरु हटाउन समेत स्वीकृति दिने।

९. नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि ९पहिलो संशोधन०, २०७६ स्वीकृत गर्ने।

१०. न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष मालिका गाउँपालिका ६, गुल्मीका श्री राजेन्द्रवहादुर अर्याललाई २ वर्षको लागि नियुक्त गर्ने।

११. सहरी विकास मन्त्रालय अन्तर्गत आ।व। २०७६।७७ मा सञ्‍चालनमा रहेका आयोजनाहरुको लागि राजपत्रांकित पदका ५ ९पाँच० वटा अस्थायी दरवन्दी स्वीकृत गर्ने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ