प्रचण्डलाई जुत्ता हान्ने तिरुवा शहीदकै छोरा भएको प्रहरीद्धारा जानकारी

प्रचण्डलाई जुत्ता हान्ने तिरुवा शहीदकै छोरा भएको प्रहरीद्धारा जानकारी

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

फागुण २२ काठमाण्डौं । गत आईतबार राष्ट्रिय सभागृहमा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवा शहीद परिवार भएको प्रहरीले बताएको छ । यस अघि सोही दिन नेकपा जुम्लाका अध्यक्षको नाममा जारी विज्ञप्तिमा रतन शहीद परिवार नभएको विप्लव समुहमा लागेको भनेर लान्छित गरिएको थियो । साथै पूर्व माओवादी समुहका केही नेताहरुले उनी शहीद परिवार नभएको बताएका थिए ।
तर प्रहरीले बनाएको छानविन समिति र अनुसन्धानले उनी शहीद मोहन तिरुवाको छोरा भएको तथा विप्लव नेतृत्वको नेकपामा आवद्ध नरहेको देखिएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाको संयोजकत्वमा गठित छानबिन समितिले जुत्ता प्रहार गर्ने तिरुवाका बुवा मोहन तिरुवा २०५६ सालमा सुरक्षाकर्मीबाट मारिएको पुष्टि भएको छ । फागुन १८ गते राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा भाषण गरिरहेका पूर्वप्रधानमन्त्री दाहाललाई तिरुवाले ताकेर जुत्ता प्रहार गरेका थिए ।

‘जुत्ता प्रहार कुनै योजनाबद्ध रुपमा हानिएको पाइएन, आबेगमा आएर घटना घटाएको पाइयो,’ एसएसपी थापाले भने, ‘उनका बुवा मोहन तिरुवाको २०५६ सालमा सुरक्षाकर्मीको कारबाहीमा मारिएको पनि पाइयो ।’ प्रतिवेदनमा उल्लेख छ ।

जुत्ता प्रहारको घटनापछि महानगरीय प्रहरी आयुक्त डीआईजी विश्वराज पोखरेलले थापाको संयोजकत्वमा काठमाडौं परिसरका डीएसपी होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर युवराज तिमल्सिना सम्मिलित आन्तरिक छानबिन समिति गठन गरेका थिए । समितिले बुधबार पोखरेललाई प्रतिवेदन बुझाएको छ । ५ पेजको प्रतिवेदनमा घटना पूर्व निर्धारित नभएको उल्लेख छ ।

तर घटना भएकै दिन सत्तारुढ नेकपा जुम्लाले रतन तिरुवा प्रहरीको खोजीसूचीमा रहेका व्यक्ति भएको र उनी नेत्रविक्रम चन्द समूहमा रहेको दाबी गरेको थियो ।

तिरुवा आफ्ना २ दाजुका साथ डल्लुमा भाडामा बस्दै आएका छन् । उनी अमिनतर्फ लोकसेवाको तयारीमा रहेको पनि खुलेको छ । जुत्ता प्रहार लगत्तै तिरुवालाई पक्राउ गरी प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार अभद्र व्यवहारको कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
साथै तिरुवा विप्लव नेतृत्वको नेकपासगँ आवद्ध नरहेको पनि प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उनीमाथि कसुर पुष्टि भए १ वर्षसम्म कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान छ । छिट्टै तिरुवा विरद्धको कसुरमा प्रशासनमा मुद्दा दायर गर्ने प्रहरीले तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ