काठमाडौँ फागुण २२ । हिजो त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा उनको अवस्था सामान्य रहेको जानकारी दिइएको हो ।
प्रधानमन्त्री ओलीलाई तरल र नरम ठोस पदार्थ पनि खान दिइएको अस्पतालका निर्देशक डा। प्रेमकृष्ण खड्गाले बताए। डा। खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका सम्पूर्ण रिपोर्टहरु सामान्य रहेको बताए। यस्तै प्रत्यारोपित मिर्गौलाले काम गरिरहेको पनि उनले जानकारी दिए। ओलीलाई भान्जीले मिर्गौला दान गरेकी हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline