सेनाभित्रको भ्रष्टाचार छानविनका बिषयमा भएको संसदीय समितिको छलफलमा रक्षा मन्त्री र सेनापति नआए पछि सांसदहरुले जनाए आपत्ति

सेनाभित्रको भ्रष्टाचार छानविनका बिषयमा भएको संसदीय समितिको छलफलमा रक्षा मन्त्री र सेनापति नआए पछि सांसदहरुले जनाए आपत्ति

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

काठमाडौँ फागुण २२ । नेपाली सेनाभित्र हुने गरेको भ्रष्टाचार र अनियमितताका बिषयमा आज राज्य व्यवस्था समितिले राखेको छलफलमा रक्षा मन्त्री र प्रधान सेनापति नआए पछि सांसदहरुले आपत्ति जनाएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा नआएपछि बैठक नै स्थगित गरिएको छ । बैठकमा रक्षा सचिव र जर्नेल मात्र आएकोमा सासदहरुले आपत्ति जनाए ।

नेपाली सेनाभित्र नीतिगत अनियमितता भएको भन्दै प्रतिनिधिसभा सदस्य रेनुका गुरुङले राज्यव्यवस्था समितिमा दिएको उजुरी, नेपाली सेनामा रहेका व्यक्तिहरूले पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रीले गरेको आर्थिक अनियमितताबारे दिएको उजुरीमा छलफल गर्न समितिले उनीहरुलाई बिहीबार बोलाएको थियो।
तर, दुवैजना अनुपस्थित भएपछि सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका सांसदले आपत्ति जनाएका हुन्।

कांग्रेस सांसद अमरेशुकमार सिंहले रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाइएको बैठकमा रक्षासचिव र तीनतारे जर्नेलमात्रै उपस्थित भएकाले बैठक स्थगित गर्नुपर्ने माग गरेका थिए । उनले समितिको अवमूल्यन गरेर मन्त्री र सेनापति नआएको भन्दै आपत्ति जनाए ।

सत्तारुढ नेकपाका सांसद झपट रावलले मन्त्री र प्रधानसेनापतिको अनुपस्थितिमा बैठक बस्नुको अर्थ नहुने बताउँदै बैठक स्थगित गर्न समिति सभापति शशी श्रेष्ठलाई अनुरोध गरेका थिए। सांसद लालबाबु पण्डितले पनि माथिल्लो तहबाट नै जवाफ माग्नुपर्ने धारणा राखेका थिए।

सांसद बृजेशकुमार गुप्ताले पनि मन्त्री र प्रधानसेनापतिको उपस्थितिमा मात्रै छलफल अगाडि बढाउनु उपयुक्त हुने बताएका थिए।

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले पनि प्रधानसेनापति र रक्षामन्त्रीको उपस्थिति भएको भए राम्रो हुने धारणा राखे। ु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ