अर्थमन्त्रीमा पुनः खतिवडा नियुक्त भएसगैँ शेयर बजार ओरालो लाग्न थाल्यो

अर्थमन्त्रीमा पुनः खतिवडा नियुक्त भएसगैँ शेयर बजार ओरालो लाग्न थाल्यो

  • बुधबार, फाल्गुन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

हिजो सम्म उकालो लागेको शेयर आज पुनः अर्थमन्त्रीमा डा युवराज खतिवडा नियुक्त हुने हल्लासगैं शुरुबाटै ओरालो लागेको शेयर कारोबार अवधिभर माथि जान सकेन । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अङ्कले घटेर एक हजार ४४१.२० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १५.१७ अङ्कले घटेर ३०८.८७ मा पुगेको छ ।

आज कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता शेयर रु दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ मा खरिद बिक्री भयो । आज कारोवार भएका कूल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ६०.९७, व्यापार २.९७, होटल ८०.०४, विकास बैंक ७२.१४, जलविद्युत् २९.९६, फाइनान्स १४.१, निर्जीवन बीमा ४०६.९५, उत्पादन ८८.६७, अन्य २८.५, माइक्रोफाइनान्स १४८.२५, जीवन बीमा ४५६.९६ र सामूहिक लगानी कोषको ०.१२ अङ्कले ओरालो लागेको छ ।

कारोवार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २६ करोड ६६ लाख ३२ हजार ८८१ मा खरिद बिक्री भयो । एनएमबी बैंकको रु १३ करोड ८९ लाख ३७ हजार ११९, हिमालनय डिष्टिलरीको रु १३ करोड २२ लाख पाँच हजार ७८, एनआइसी एशिया बैंकको रु १३ करोड एक लाख तीन हजार ५०८ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रु १० करोड छ लाख २८ हजार १११ मा खरिद बिक्री भयो ।

बजार घटे पनि सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१७ प्रतिशतले कमाए । यस्तै रिलायन्स फाइनान्स ५.०४, लक्ष्मी भ्यालु फण्ड–एक १.९०, स्वरोजगार लघुवित्त विकास बैंक १.६२, साल्ट ट्रेडिङ कर्पोरेशन ०.८५ र मल्टिप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ०।७९ प्रतिशतले कमाए । आज सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था र कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका शेयरधनीले समान १०-१० प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ