प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा दोस्रो पटक मृगौला प्रत्यारोपण लगभग सकिएको छ । प्रधानमन्त्रीको शरीरमा भान्जी नाता पर्ने समिक्षा संग्रौलाको देब्रे मृगौला ट्रान्सप्लान्ट गरिएको छ । प्रत्यारोपण बिहान १० बजे बाट शुरु भएको थियो ।
अप्रेसन र प्रत्यारोपण सफल भएको चिकित्सक स्रोतले जनाएको छ । अघिल्लो पटक ०६४ साल साउनमा भारतको एपोलो अस्पतालमा ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो ।
अब प्रधानमन्त्रीलाई करीब एक साता जति आईसियु र बेडमा राखिने जनाईएको छ । मृगौला जोडिसके पछि त्यसले काम गरे नगरेको हेर्ने काम भईरहेको बताईएको छ । यो सगँै अब प्रधानमन्त्रीको शरीरमा चार वटा मृगौला भएका छन् ।
प्रा डा प्रेम ज्ञवाली , उत्तम शर्मा लगायतका चिकित्सकको टोली र भारतबाट आएका दुई जना डाक्टर प्रत्यारोपणका लागि खटेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline