राष्ट्रिय सभाका १८ जना नयाँ सदस्यले आज शपथ लिने

राष्ट्रिय सभाका १८ जना नयाँ सदस्यले आज शपथ लिने

  • बुधबार, फाल्गुन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

फागुण २१ काठमाण्डौं । दुईवर्षे पदावधि सकिएर राष्ट्रिय सभाका १९ जना सांसद मंगलबार बिदा भए पछि आज नयाँ निर्वाचित सदस्यहरुले शपथ खादै छन् । बिहान ११ बजे १८ जना सदस्यले शपथ लिने छन् । एक जना राष्ट्रपतिले मनोनित गर्ने व्यक्तिको भने टुंगो लागेको छैन । अर्थमन्त्री समेत भएका युवराज खतिवडाको ठाँउमा उनैलाई पुनः शपथ खुवाउने वा पार्टीको निर्णय बमोजिम बामदेव गौतमलाई बनाउने भन्ने विवाद कारण नेकपाले नाम दिन नसकेको बताईन्छ ।
माघ ९ गते भएको निर्वाचनबाट १८ जना चुनिएका हुन् । एक स्थानमा भने राष्ट्रपतिबाट मनोनयन हुन बाँकी छ ।
यसरी आउने नयाँ मध्य १६ जना नेकपाबाट र २ जना राजपाबाट आउदै छन् । काग्रेस भने अब राष्ट्रिय सभामा ६ जनामा सीमित भएको छ भने समाजवादीको एक जना रहने छ ।

आज शपथ लिनेहरुमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर रहेका छन् ।

संविधानमा पहिलो पटक राष्ट्रिय सभा गठन हुँदाका सदस्यमध्ये एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकीको ६ वर्ष पदावधि रहने व्यवस्था छ । गोलाप्रथाबाट सांसदहरूको पदावधि निर्धारण गरिएको थियो । त्यहीअनुसार १९ जना सांसद बिदा भएका हुन् । नयाँ सांसदको पदावधि ६ वर्ष हुनेछ । संघीय संसद्को पहिलो अधिवेशन सुरु भएको २०७४ फागुन २१ गतेबाट दुईवर्षे पदावधि गणना भएको हो । राष्ट्रिय सभामा मंगलबार बाहिरिन लागेका सांसदहरूले अनुभव साटेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी