काठमाडौं, फागुन २० । मिर्गौला प्रत्यारोपण गर्न सोमबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार मिर्गौलाको ‘डायलासिस’ गरिएको छ ।
उनको शरीरमा क्रियाटिनको मात्रा बढी देखिएपछि प्रत्यारोपणअघि डायलासिस गरिएको हो ।
शरीरमा क्रियाटिनको मात्रा बढे त्यसले विभिन्न अंगमा असर पुर्याउने हुँदा रगतमा क्रियाटिनको स्तर कम गराउन डायलासिस गरिएको चिकित्सकहरु बताउँछन् ।
यसै गरी पत्यारोपण गरिने समिक्षा संग्रोलाको मृगोलासगँ पनि क्रस म्याचिगं गरिदैछ ।
त्रिवि शिक्षण अस्पतालका डा। प्रेम ज्ञवालीको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दैछ । बुधबार मिर्गौला प्रत्यारोपण गरिने तय गरिएको छ ।
भोली बिहान थप परीक्षण पछि अपरान्ह सम्ममा मृगौला प्रत्यारोपण भईसक्ने चिकित्सकहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline