कोरोना त्रासः पार्टीको कार्यक्रम रोकिए पछि गृहमन्त्री थापा बिमास्थलबाटै फर्किए

कोरोना त्रासः पार्टीको कार्यक्रम रोकिए पछि गृहमन्त्री थापा बिमास्थलबाटै फर्किए

  • मङ्लबार, फाल्गुन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौँ फागुण १९ । नेपालमा पनि कोरोना भाईरसको संभावित जोखिम देखिए पछि आवस्यकत तयारी र सतर्कताका लागि सार्वजनिक भेला, सम्मेलन जस्ता कार्यक्रम र विभिन्न देशका पर्यटक आगमनमा रोक लगाईएसगैं आन्तरीक कार्यक्रमहरु पनि प्रभावित हुन थालेका छन् ।
यसै मेसोमा सत्तारुढ नेकपाले आन्तरीक भेला , कार्यक्रम रोकेको छ । मंगलबार प्रदेश १ को भेला अन्तिम समयमा आएर रोकिए पछि झापाको बीरतामोड जान लागेका गृहमन्त्री राम बहादुर थापा अन्तराष्ट्रिय विमानस्थलबाटै फिर्ता भएका छन् ।

सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट टाढा रहनका लागि ठूला सभा(सम्मेलन नगर्न आग्रह गरेको थियो। त्यसैअनुसार प्रदेश भेला स्थगित गरिएको नेकपा प्रदेश १ का इन्चार्ज भीम आर्चायले बताए।
कार्यक्रमका लागि वरिष्ठ नेता झलनाथ खनाल सोमबार नै त्यहाँ पुगेका थिए। प्रशिक्षणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापा लगायतका नेता पनि सहभागी हुने कार्यक्रम थियो। गृहमन्‍त्री रहेका थापा झापा जान विमानस्थलसमेत पुगिसकेका थिए। उनी त्यहींबाट फर्केका छन्।

बुधबार सुखानी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई नेकपा अध्यक्ष दाहाल र महासचिव पौडेलले सम्‍बोधन गर्ने कार्यक्रमसमेत स्थगित भएको आचार्यले बताए।

नेकपाले कर्णाली, सुदूरपश्चिम, ५ नम्बर प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशमा पार्टी प्रशिक्षण तथा राजनीतिक भेला गरिसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ