सेयर बजारमा सोमबार दोस्रो ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको कारण बन्द गरिएको छ । सेयर कारोबार खुला भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटे पछि ४० मिनेट रोकिएको थियो ।
नेगेटिभ सर्किट लागेर ४० मिनेट पछि खुला भएको कारोबार पुन स् ६ प्रतिशतले बढेर दोस्रो पटक सर्किट ब्रेक लागेको हो ।६ प्रतिशतले घटेर सर्किट लागेपछि सोमबारको सम्पूर्ण कारोबार स्थगीत गरिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।१ बजेर २९ मिनेट हुँदा रोकिएको बजार ९६ अंकले ओरालो लागेको नेप्से परिसूचक, १ हजार ४ सय ९५ दशमलव ३० अंकमा आइपुगेको छ । कारोबार रकम २ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline