काठमाडौं फागुण १९ । अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिँदैछ । राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिने छ ।
मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा. खतिवडाको कार्यकाल पनि आजै रातिदेखि सकिनेछ ।
आज कार्यकाल सकिने सांसदहरुमा नेकपाका नौजना छन् । डा. युवराज खतिवडा, कमला कुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी रहेका छन् ।
त्यसैगरी कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसाइँको कार्यकाल पनि आजैदेखि सकिँदैछ ।
राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल र समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल पनि आजै सकिनेछ ।
भोलिदेखि ५९ सदस्यीय राष्ट्रिय सभा ९ जना मात्रै विपक्षमा रहेका राजनीतिक दलका सांसद रहनेछन् ।
आज विदा हुनु अघि अन्तिम बैठक बस्ने र सामुहिक तस्वीर खिच्ने तयारी सासदहरुले गरेका छन् । नवनिर्वाचित सासदहरुको शपथ भने भोलि बिहान ११ बजेका लागि तय भएको छ ।