कांग्रेस भित्रको विवादः पौडेल रिसाएको रिसाएकै,देउवा अघि बढेको बढ्यै !

कांग्रेस भित्रको विवादः पौडेल रिसाएको रिसाएकै,देउवा अघि बढेको बढ्यै !

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौँ फागुण १९ । नेपाली काग्रेस भित्र लामो समयदेखि चलिरहेको बिबाद अझै समाधान हुनुको साटो झन बल्झिन थालेको छ । बैठक बहिष्कार गरेर असन्तुष्टी पोखेको पौडेल पक्षलाई फेरी मिलाउन वार्ता टोली नै बनाएर सहमति गरे पनि फेरी विवाद शुरु भएको छ । अहिले पौडेल पक्षले असन्तुष्टी जनाईरहेका बेला सभापति देउवाले भकाभक विभागहरु गठन गरीरहेका छन् । पौडेल विरोध गरेको गरेकै छन् तर देउवा निर्णय गर्न छाड्दैनन् ।
यसै क्रममा देउवाले एकलौटी रुपमा थप ७ विभाग गठन गरेका छन् । देउवाले सोमबार पार्टी विधान बमोजिम ७ केन्द्रीय सदस्यलाई विभाग संयोजकको जिम्मेवारी दिएका हुन् । यसअघि देउवाले शनिबार १३ विभाग गठन गर्दै संयोजक बनाएका थिए । योसँगै २० विभाग गठन भएका छन् ।

देउवाले केन्द्रीय सदस्यहरु एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपद् व्यवस्थापन विभाग र ईश्वरी न्यौपानेलाई महिला विभाग संयोजकको जिम्मेवारी दिएका छन्।त्यस्तै, केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकुद विभाग, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी सुम्पेका छन्।

विभागको जिम्मेवारी पाएका सबै नेता संस्थापन पक्षीय हुन्। नेता रामचन्द्र पौडेलले विभागमा बस्ने नेताहरुको नाम नदिएपछि संस्थापन पक्षीय नेताहरुलाई मात्रै विभाग संयोजकको जिम्मेवारी सुम्पेका हुन्। २० मध्ये १९ विभागका संयोजक संस्थापन पक्षीय नेता छन्। एउटा विभागको संयोजक भने नेता कृष्णप्रसाद सिटौला समूहका बनेका छन्।

देउवा आफैंले शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई टेलिफोन गरी विभागमा बस्ने नेताहरुको नाम मागेका थिए। बिहीबार उपसभापति विमलेन्द्र निधिले पौडेल निवास बोहोराटार पुगेर विभागमा बस्ने नेताहरुको नाम दिन आग्रह गरेका थिए। तर, निधिको आग्रह नमानेपछि देउवा आफैंले टेलिफोन गरेका थिए।

विभागको जिम्मेवारी पाएका कुनै पनि नेता संसदमा छैनन्। काम नपाएका नेताहरुलाई जिम्मेवारी दिइएको देउवाले जनाएका छन्।पौडेल समूहले भने महाधिवेशनको मिति निर्धारण भएपछि प्रभावित पार्ने उद्देश्यले विभाग गठन गरिएको भन्दै आपत्ति जनाउँदै आएको छ। देउवाले पौडेल समूहको बहिस्कारबीच गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकबाट विभागको संख्या २८ बाट बढाएर ४७ पुर्‍याएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ