नारिताको नियमित उडानमा उल्लेख्य यात्रु

नारिताको नियमित उडानमा उल्लेख्य यात्रु

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान आजदेखि प्रारंभ गरेको छ । फागुन १९ गते देखि जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान प्रारंभ गरेको छ ।
एयरबस वाइड्वडीबाट गरिने सिधा उडान हप्ताको ३ दिन सोमबार, बुधबार र शुक्रवार हुनेछ । १९ गते बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको सो विमान आजै अपरान्ह् ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गरेको छ । नारिता जाँदा २३४ यात्रुहरुले विमानबाट यात्रा गरेको थिए भने फर्कदा २६५ जनाले यात्रा गरे ।
नारिताको पहिलो उडानमा नै यात्रुहरुको यो संख्यालाई उल्लेखनीय मानिन्छ भने आगामी दिनका उडानहरुको लागि पनि राम्रै संख्यामा यात्रुहरुले बुकिङ्ग गरेका छन ।
नारिताको उडान प्रारंभ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झंझट समेत समाप्त भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ