संसारमा कोही पनि अजम्बरी छैननः प्रधानमन्त्री ओली

संसारमा कोही पनि अजम्बरी छैननः प्रधानमन्त्री ओली

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

फागुण १९ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसारमा कोही पनि अजम्बरी नरहेको भन्दै आफ्नो श्वास्थ्यलाई लिएर चिन्ता नगर्न अपील गरेका छन् । आफूले जगाएका सपनाहरुलाई त्यतिकै छाडेर अलप नहुने भन्दै उनले मृगौला प्रत्यारोपण पछि उर्जा लिएर काममा फर्कने पनि प्रतिवद्धता जनाए ।
आफ्नो जीवन कुनै न कुनै संघर्षमा बित्दै आएको र यसैसगँ सघर्ष गर्ने क्रममा शरीर भित्र सिर्जित रोगसगँ लड्न बाध्य हुनु परेको पनि उनले बताए ।
०६४ साउनमा पहिलो पटक मृगौला प्रत्यारोपण गरेको र फेरी बुधबार मृगौला प्रत्यारोपण गर्न लागेको जानकारी गराए । यस पटकको मृगौला प्रत्यारोपण आफ्नै देशमा र अनुभवि चिकित्सकहरुबाट गराउन पाउदा गर्व लागेको बताए ।
जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन, त्यसै गरी भर्खर जागृत हुदै गरेका सपनालाई बिचमा छाडेर अलप नहुने उनले बताए ।
मेरो श्वास्थ्यलाई लिएर ढुक्क रहन आग्रह गर्दै फेरी काममा फर्किने र अस्पतालको बसाईका क्रममा पनि सरकारको नियमित काम अघि बढ्ने दावी प्रधानमन्त्रीले गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ