फागुण १९ काठमाण्डौं । नेपाली काग्रेसका सासद प्रकाश रसाईलीले देशमा कोरोना भाईरस भन्दा खतरनाक भ्रष्टाचारको भाईरस भएको भन्दै प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन् ।
आजको ससदको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला फेरे पछि बालुवाटार हैन बालकोट फर्किनुस् भन्दै राजीनामाको माग गरेका हुन् ।
उनले डिजेल र पेट्रोलमा मंहगो कर जनतासगँ लिने र करबाट उठेको रकममा ठूलो भ्रष्टाचार हुने गरेको र भ्रष्टाचारीलाई प्रधानमन्त्रीले सुनपानी छर्केको आरोप लगाएका हुन् ।
आजको बैठकमा अन्य सासदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टीका देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आइतबार भएको अमानवीय व्यवहारको भत्र्सना गरे ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका दिलेन्द्रप्रसाद बडूले विभिन्न देशमा फैलिएको कोरोना भाइरसका सम्बन्धमा सरकारले उच्च सतर्कता अपनाउन नसकेको बताए । उनले सरकारले संसद्लाई छलेर चोर बाटोबाट जनतामा कर थोपर्ने काम गरेको भन्दै उहाँले आपत्ति जनाए ।
सांसद महेन्द्र राय यादवले सरकारले जनतालाई मारमा पार्ने गरी इन्धनमा कर थप्ने निर्णय गरेकोप्रति आपत्ति जनाए ।
सांसद प्रदीप यादवले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको विषय उल्लेख गरिए पनि व्यवहारमा नदेखिएको भन्दै चिन्ता व्यक्त गरे ।
सांसद राजेन्द्रकुमार लिङ्देनले व्यक्ति विशेषका लागि संविधान संशोधन गर्ने विषय सत्तापक्षीय दलबाटै आएको भन्दै आपत्ति प्रकट गरे ।
सांसद दिव्यमणि राजभण्डारीले संसारभर प्रकोपका रूपमा फैलिँदै गएको कोरोना भाइरसबाट बच्ने उपायका सन्दर्भमा सरकारले पर्याप्त तयारी गर्न नसकेकामा दुःखेसोे पोख्नुभयो । सांसद सरिताकुमारी गिरीले कोशी टप्पु आरक्षण क्षेत्रमा हात्ती, बँदेललगायत वन्यजन्तुको आक्रमणबाट स्थानीयवासी पीडित र त्रसित बनेकोप्रति सरकारको ध्यनाकर्षण गराए ।
सांसद शान्ता चौधरीले प्रधानमन्त्रीले आफ्नो मिर्गौला प्रत्यारोपण स्वदेशमै गर्न लागेकामा खुशी व्यक्त गरिन् ।