ओलीको मिर्गौला प्रत्यारोपणका लागि आज अस्पतालमा भर्ना हुदै, कसले दिदैछ मृगौला ?

ओलीको मिर्गौला प्रत्यारोपणका लागि आज अस्पतालमा भर्ना हुदै, कसले दिदैछ मृगौला ?

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौं १९ फागुण । प्रधानमन्त्री केपी ओलीको आउदो बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नु पूर्व आन उनलाई अस्पतालमा भर्ना गरिदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरेर मृगौला प्रत्यारोपण गर्न लागिएको हो । ओलीलाई उनकी भान्जीले मिर्गौला दिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रत्यारोपणअघि उनलाई कुनै समस्या आए मिर्गौला दिन नातिनी र भान्जा पनि तयार छन् । दुवै मिर्गौला फेल भएपछि ०६४ मा भारतको अपोलो अस्पतालमा ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी रहने जनाईएको छ ।

प्रत्यारोपणको तयारीस्वरूप आइतबार प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा कोलोनोस्कोपी गरिएको थियो । यसअघि उनको मुटुको अवस्था हेर्न मनमोहन कार्डियो सेन्टरमा एन्जियोग्राफी गरिएको थियो । प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउनमा स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार गराएका थिए । त्यसले काम नगरेपछि ओलीको मिर्गौला डायलाइसिस गर्नुपर्ने अवस्थामा पुगेको थियो । उनले १४ कात्तिकदेखि नियमित डायलाइसिस गराउँदै आएका छन् ।

अंग प्रत्यारोपणका लागि प्रत्यारोपण स्वीकृत समितिले सिफारिस गर्नुपर्छ । समितिमा चिकित्सक, अस्पताल प्रशासन, जिल्ला प्रशासन, कानुनविद्सहितको पाँच सदस्य हुन्छन् । समितिले प्रत्यारोपण गर्ने व्यक्ति र उनलाई अंग दिने व्यक्तिबीचको नाता हेर्ने गर्छ । नाता प्रमाणित स्थानीय निकायले गर्छन् ।

उक्त सिफारिसअनुसार नाता भएको स्थानीय तहले ठहर गरेपछि मात्रै प्रत्यारोपण गर्न पाइन्छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने विषयमा समितिको बैठक बसेको छैन ।‘प्रधानमन्त्रीको प्रत्यारोपणका लागि स्वीकृति समितिको बैठक बसेको छैन, तर सबै प्रक्रिया पूरा गरेर आए निर्णय गर्न लामो समय लाग्दैन,’ समितिका संयोजक डा. ईश्वर लोहनीले भने ।

परिवारका सदस्यमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाति, नातिनी, सासू, ससुरा पर्छन् । त्यस्तै, सौतेनी बाबु, सौतेनी आमा, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, जेठाजु, जेठानी, देवर, देउरानी, नन्द, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले अंगदान दिन सक्ने व्यवस्था छ ।

मन्त्रीपरिषद् बैठकमा बोल्दै आईतबार प्रधानमन्त्री ओलीले एक सातामा अर्को बैठक बस्ने र आफू स्वस्थ्य भएर फर्किसक्ने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ