भारतको रेल यात्रा निकै असुरक्षित, तीन बर्षमा एक सय ६५ महिला बलात्कृत, ५ सय ४४ जनाको हत्या र  लुटपाट

भारतको रेल यात्रा निकै असुरक्षित, तीन बर्षमा एक सय ६५ महिला बलात्कृत, ५ सय ४४ जनाको हत्या र  लुटपाट

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

दिल्ली फागुण २० ।
भारतको रेल यात्रामा बलात्कार, हत्या र लुटपाटको घटना अत्याधिक हुने गरेको रिपोर्ट सार्वजनिक भएको छ । सूचनाको हक सम्बन्धि अभियान्ता चन्द्रशेखरले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०१७ देखि १९ सम्ममा चलिरहेको रेलमा वा रेल स्टेसनमा एक सय ६५ जना महिला यात्री बलात्कृत भएकी छन् । त्यसै गरी यसै अवधिमा रेल भित्र वा रेल स्टेसनमा ५ सय ४२ जना व्यक्तिलाई हत्या गरिएको छ भने ४ हजार ७ सय १८ वटा लुटपाटको घटना भएको छ ।
एक सय ३६ बलात्कारको घटना रेलवे परिसरमा भएको र २९ यौन दुरव्यवहार चलिरहेको रेलमा भएको ती अभियान्ताको रिपोर्टले देखाएको छ । २०१७ मा ५१, २०१८ मा ७० र २०१९ मा ४४ वटा बलात्कार तथा यौन दुरव्यवहारको मामला दर्ता भएको थियो ।
त्यस बाहेक महिलालाई जिस्क्याउने, चलाउने घटना त १६ सय वटा भन्दा बढी दर्ता भएको जनाईएको छ ।
त्यसै गरी यही अवधिमा ५ सय ४२ यात्रीको हत्या भएको छ । ती मध्य कतिपयको रेल भित्रै त कतिपयको रेलवे परिसरमा । त्यस्तै थुप्रै अपहरणका घटना पनि भएका छन् यस अवधिमा भने लुटपाटका घटना त ४ हजार भन्दा बढी देखिन्छ ।
यसरी असुरक्षा बढे पछि अहिले भारतले हजारौं रेलमा विभिन्न सुरक्षा एजेन्सी परिचालन गरीरहेको दाबी गरेको छ । खास गरी महिलाहरु रेलमा निकै पीडित हुने गरेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ