सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चलखेल शुरु भएको रक्षा मन्त्री पोखरेलको दाबी

सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चलखेल शुरु भएको रक्षा मन्त्री पोखरेलको दाबी

  • आइतवार, फाल्गुन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

आइतबार, १८ फागुन । काठमाण्डौंं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चलखेल सुरु भएको दाबी गरेका छन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सजाल इन्जाले आज काठमाण्डौंमा गरेको कार्यक्रममा उनले सरकार गठन भएको दुई वर्ष पुगे लगत्तै अविश्वासको प्रस्ताव ल्याउने खेल सुरु भएको जिकिर गरे ।

उपप्रधानमन्त्री पोखरेलले नेपाली राजनीतिज्ञहरु मनोरोगले ग्रसित हुँदै गइरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीभित्र पनि त्यस्ता मनोरोगीहरु रहेको टिप्पणी गरे ।

उनले सत्ता र कुर्सी नै सर्वोपरी ठान्नेले मुलुकको विकास र समृद्धिमा सहयोग गर्छन् भन्ने विश्वास गर्न नसकिने दावी गरे ।

उपप्रधानमन्त्री पोखरेलले सरकार सञ्चालनको भर्खर २ वर्ष पुगेको उल्लेख गर्दै यो अवधिमा धेरै नीतिगत सुधार भएको र तीन वर्षभित्र सरकारको परिणाममुखी काम देखिने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ