फागुण १८ विराटनगर । ईटहरीमा फागुण १७ मा भएको नेकपा निकट पत्रकार संगठनको शपथ ग्रहण कार्यक्रम थियो । पार्टीका तर्फबाट रक्षा मन्त्री ईश्वर पोखरेल बोलेर हिडिसकेका थिए ।
त्यस पछि बोलेका उनले आज बोल्ने मौका पाएको भन्दै करीब १२ मिनट आफू माथि लागेको यौन शोषण र अंश मुद्धा दायर भएको बिषयमा समय खर्चे ।
उनले शुरु देखि नै भन्न थाले कि ७२ साल देखि नै म माथि षड्यन्त्र शुरु भयो । मैले नचिनेको मान्छेबाट ६ वटा नम्बरबाट पालै पालो म्यासेज आउने, फोन आउने गर्यो । म सञ्चारमन्त्री भएको करीब दुई महिना देखि । यो कुरा मैले पार्टीमा पनि राखे । नेताहरुले ढुक्क भएर काम गर्नुस् , त्यो हामीले बुझ्यौ भन्नु भयो ।
राईले अगाडी भन्दै जादाँ आफूमाथि केही साना मसिना अनलाईनले , केही मिडियाले पटक पटक यस बिषयमा लेख्दै आएको र त्यो गिरोहले करोडौं पैसा खर्च गरेर यो षड्यन्त्र रचेको उनको तर्क थियो ।
दोलखाकी बालिका खड्काले मुख्य मन्त्री राई आफ्नो श्रीमान् भएको र नाता कायम गरी अंश दिलाई पाँउ भन्दै जिल्ला अदालत काठमाण्डौंमा मुद्धा दायर गरेको भोलिपल्ट यो कुरा मुख्य मन्त्री राईले बोलेका हुन् ।
त्यो अस्वभाविक मनस्थितिको मान्छे भएको र आफूले नचिनेको पनि राईको तर्क छ ।
निर्वाचनका बेला आफूमाथि १० गोली र बम तर्साउन मात्रै नहानेको जिकिर गर्दै उनले यो षड्यन्त्रसगँ जोडिएको हुन सक्छ भनेर आफूले पार्टी नेताहरुलाई अवगत गराएको मुख्य मन्त्री राईको दावी थियो ।
उनले अब बास्तविकता खुल्दै जाने दावी गर्दै यो षड्यन्त्रमा कोही पत्रकारीता पेशामा लागेको मान्छे पनि संलग्न रहेको जिकिर गरे पनि गिरोह सञ्चालन र संलग्नको नाम भने उनले उल्लेख गरेनन् बरु पत्रकारलाई खोजी गर्न आग्रह गरे ।
आफू चाकडी र चाप्लुसी गरेर नभई ईमान्दारपूर्वक काम गर्दै यहासम्म आईपुगेको उनको तर्क छ । त्यो गिरोहका बारेमा नामै तोकेर पार्टीमा बुझाएको उनको दावी छ । त्यो भए पार्टीले किन कार्बाही गरेन ? यो चासोको बिषय बनेको छ ।
बल्ल बोल्ने बेला आएको र नबोलेमा आफै अन्यायमा पर्ने भन्दै उनले यी सबै बिषय उनले यो दावी गरेका हुन् ।
यसैबीच जिल्ला अदालत काठमाण्डौंले मुद्धा दर्ता गरीसकेको अवस्थामा अब मुख्य मन्त्री राईलाई म्याद तामेली हुने अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले बताए । उहाँ(शेरधन राई ) को श्रीमति हो होईन, के हो त्यो पछि फैसलामा आउला तर मुद्धा अघि बढ्छ अदालत स्रोतले भन्यो ।