दिल्ली हिंशा: बच्चा दुध पर्खिरहेका थिए तर आयो बाबुको लाश !

दिल्ली हिंशा: बच्चा दुध पर्खिरहेका थिए तर आयो बाबुको लाश !

  • आइतवार, फाल्गुन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

एजेन्सी फागुण १८ । दिल्लीको जाफराबाद इलाकाको एउटा गल्ली नं ३७ गमा महिला र पुरुषहरु एक युवकको अन्तिम शव यात्रामा सहभागी हुन जम्मा भएका छन् । युवकको शब घरमा राखिएको छ ।
बच्चाको लागि दुध लिन घरबाट बाहिर गएका मोहम्मद ईरफानको दिल्लीमा साम्प्रदायीक हिंशाको क्रममा हत्या गरियो । उनको लाश तीन दिन पछि मात्रै घरमा पुर्याईयो । प्रहरीले भन्यो यद िईराफानको शब करतार नगर आफ्नै घरमा लगियो भने हिंशा अरु भड्किन सक्छ । परिवारका सदस्यहरुले भने कि पहिला उनको शबलाई नमाज पछि अपरान्ह शव यात्रा गरिने छ ।
अर्की एक महिलाले भनिन् उसको अनुहार हेर चम्किरहे जस्तो छ ।
उनले भनिन् हेर्नुस्, उसलाई के गरिएको छ , यसलाई तरवारले हानिएको छ । ईरफान सेतो च्यादरमा बेरिएका थिए । पहिला ईराफानले भन्ने गर्थे कि “सेतो कुनै रंग हैन यो रंगहरुको कमी हो । यो त्यो रंग हो जसले तपाईको सारा आशाहरुलाई टाढा लैजान्छ । ”
ईरफानले आफ्नो बहीनीको विवाहका लागि क्रण लिएका थिए । अहिले उनको लाशको वरिपरी परिवारजन जम्मा भएका छन् रोएका छन् । एक महिला भन्छिन् २६ फेब्रुअरीमा साझँ बच्चाको लागि दुध लिन गएका थिए ईरफान । ईरफानले अजित डोभाल आएका छन् , परिस्थिति ठीकै छ , डराउन जरुरी छैन भनेर हिडेका थिए ।
त्यसो भनेर हिडेका ईरफानलाई अन्ततः घरबाट निस्केको केही बेर पछि नै हिन्दु सम्प्रदायको समुहले तरबारले हानेर छिया छिया पारीदियो । उनी केवल २७ बर्षका थिए । उनको आमा बुवा , श्रीमति बच्चाहरुको अब बेहाल भएको छ । उस्मानपुरमा उनी एउटा फ्लयाटमा भाडामा बस्दथे । घरबाट निस्केर ३ सय मिटर हिड्ने वित्तिकै उनीमाथि तरबारले आक्रमण भएको थियो । त्यस पछि उनको टाउको करीब छिनेको थियो । शरीरभरी हिंस्रकहरुले कुल्चिए र दर्दनाक तरीकाले यातना दिए । प्रत्यक्षदर्शी भन्छन् ।
नकाव लगाएकी एक महिला र अन्य दुई महिला कोठमामा प्रवेश गर्छन र लड्खडाउछन् , ती महिला थिईन् ईरफानकी पत्नी गुलिस्ता हुन् । जो आफ्नो पतिको पार्थिव शरीरलाई अन्तिम पटक हेरीरहेकी छन् ।

उनले भनिन् हेर्नुस्, उसलाई के गरिएको छ , यसलाई तरवारले हानिएको छ । ईरफान सेतो च्यादरमा बेरिएका थिए । पहिला ईराफानले भन्ने गर्थे कि “सेतो कुनै रंग हैन यो रंगहरुको कमी हो । यो त्यो रंग हो जसले तपाईको सारा आशाहरुलाई टाढा लैजान्छ । ”

यति सम्म कि प्रहरीले तीन दिन सम्म पनि उनको शब दिएको थिएन । लामो बहस पछि प्रहरीले बल्ल लाश दिएको ईरफानका आफन्तहरुको भनाई छ ।
ईरफानका दुबै बच्चा ढोकाको छेउमा उभिएका छन् । उनकी आमा मुर्छित छिन् । ईरफानको यो मृत्यु कसैले अनुमान र कल्पना नगरेको घटना थियो । सबै स्तव्ध थिए । त्याहाँ जम्मा भएका मानिसहरुले भनिरहेका थिए , हामीले दंगा हैन , न्याय चाहेका छौं । उनीहरुले प्रहरीमा उजुरी गरे , तर कुनै आशा भने राखेका छैनन् ।

ईरफानको यो एउटा प्रतिनिधि घटना मात्रै हो , दर्जनौ मुसलमान माथि सुरक्षाबलकै अगाडी हत्या,नरसंहार र आक्रमण भएको दावी अन्तराष्ट्रिय समुदायले गर्दै आएका छन् ।
दिल्लीमा अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भव्य स्वागत भईरहेकै दिन बेलुका देखि दिल्लीमा हिंशा शुरु भएको थियो । अहिले सम्म यो हिशाबाट करीब ५० जनाको ज्यान गएको छ ।
यसैबीच टर्की, पाकिस्तान, अमेरीकी नेताहरु , सयुक्त राष्ट्रसघं सहितका अन्तराष्ट्रिय समुदायले भारतमा भएको पछिल्लो हिंशा र मुसलमानमाथि भएको ज्यादतीको आलोचना गरेका छन् ।
भारतमा रहेका २० करोड मुसलमानमाथि निशाना बनाईएको भन्दै पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले हिटलरको नाजीले जस्तै भारतमा मुसलमानको आम नरसंहार भएको टिप्पणी गरेका छन् ।
.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ