गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नुको बिकल्प छैनः खनाल

गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नुको बिकल्प छैनः खनाल

  • शनिबार, फाल्गुन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

फागुण १७ नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय अनुसार वामदेव गौतमलाई राष्ट्रिय सभामा लाने निर्णय प्रधानमन्त्रीले मान्नै पर्ने बताउनु भएको छ ।
विदुरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णयमा सबैले मान्नुको विकल्प नभएको बताउनु भयो ।

सञ्चारकर्मीले पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेको भन्ने विषयमा सोधेको प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले भन्नुभयो, “पार्टीको निर्णय सबैले मान्नुपर्छ, प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन, पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन ।”
उहाँले पार्टी एकतामा कहीँकतै आँच आउन नदिनेसमेत बताउनुभयो । उहाँले पार्टी फुट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दिवास्वप्न मात्र भएको बताउनु भयो ।

“पार्टी एक ढिक्का भएर अघि बढ्छ, पार्टीलाई कसैको स्वार्थले फुटाउन सक्दैन”, उहाँले भन्नुभयो । नेता खनालले एमसिसी अहिलेकै अवस्थामा पारित हुन नहुने दोहो¥याउनुभयो । एमसिसी सच्याएर अघि बढ्दा मात्र नेपालको हितका लागि हुने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ