सरकार गठन भएको दुई वर्षमा भ्रष्टाचारका काण्डहरुले घेरियाेः कांग्रेस महामन्त्री खड्का

सरकार गठन भएको दुई वर्षमा भ्रष्टाचारका काण्डहरुले घेरियाेः कांग्रेस महामन्त्री खड्का

  • शनिबार, फाल्गुन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

दैलेख । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार गठन भएको दुई वर्षको अवधिमा वाइटवडी, न्यारोवडी, फोरजी, सेक्युरिटी प्रिन्टिङ प्रेस, ललिता निवास प्रकरणलगायतका भ्रष्टाचारका काण्डहरुले घेरिएको बताएका छन्।

शुक्रबार नेपाली कांग्रेस दैलेखको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै महामन्त्री खड्काले भने,‘दुई तिहाई बहुमत नजिकको कम्युनिष्टको सरकार विभिन्न भ्रष्टाचार काण्डहरुले घेरिएको छ, यी भ्रष्टाचारसँगै जनविरोधी कामहरुलाई कांग्रेसजनले जनतासम्म पुर्‍याउनुपर्छ।’ उनले पहिलो र दोस्रो जनजागरण अभियानका क्रममा सरकारका गलत क्रियाकलापहरुको भण्डाफोर गरिएको र यसलाई निरन्तरता दिनुपर्ने बताए।

महामन्त्री खड्काले वर्तमान सरकारले संस्थात र नीतिगत भ्रष्टाचार गरिरहेको आरोप पनि लगाए। उनले भ्रष्टाचार, कमिसनतन्त्र र घुसखोरीमा जोसुकै संलग्न भएपनि कानुनको कठघरामा उभिनुपर्ने बताए। उनले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको न्यायनिरुपण पूर्वाग्रही भएको बताए।

कांग्रेस महामन्त्री खड्काले सरकारले गरेका भ्रष्टाचारको कुरा सार्वजनिक हुने वित्तिकै पार्टी सभापति शेरबहादुर देउवाको नाम मुछिने गरेकोप्रति आश्चर्य व्यक्त गरे। ‘वाइटवडी घोटालाको विषयमा पहिलो पटक संसदमा पार्टी सभापतिलेनै कुरा उठाउनु भएको हो,’ उनले भने, ‘केन्द्रीय समिति, संसदीय समितिलेनै वर्तमान सरकारले गरिरहेको विभिन्न भ्रष्टाचारको भण्डाफोर गरिरहेका बेला सभापतिको नाम मुछिनु गम्भीर विषय हो।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ