फागुण १६ काठमाण्डौं । ६० बर्षदेखि नेपालको भूमि कालापानीमा आफ्नो सेना तैनाथ गरेर कब्जा गरेको भारतले नेपालको कुटनीतिक नोट र प्रयासलाई वेवास्ता गर्दै फेरी अर्को नक्सा जारी गरेको छ । नेपालले अहिले सम्म आफ्नो नक्सा जारी गर्न नसकिरहेको बेला भारतले दोु्रो पटक नेपाली भुभागलाई गाभेर फेरी नक्सा ल्याएको छ ।
शुक्रबार हिन्दी र संस्कृतमा अर्को नक्सा सार्वजनिक गरेको छ । भारतीय अनलाइन पोर्टल द प्रिन्टुका अनुसार हिन्दी र संस्कृत भाषामा प्रकासित नक्सा नयाँ दिल्लीस्थित विज्ञान भवनमा भारतका विज्ञान र प्रविधि मन्त्री हर्षबर्धनले सार्वजनिक गरेका हुन् ।
नरेन्द्र मोदी नेतृत्व सरकारले हिन्दी र संस्कृत भाषामा पनि भारतको नक्सा प्रकाशित गर्ने योजनाअनुसार नयाँ नक्सा जारी गरिएको द्र प्रिन्टले उल्लेख गरेको छ । यसअघि गत नोभेम्बरमा भारतले अंग्रेजी भाषामा भारतको नयाँ नक्सा प्रकाशित गरेको थियो । जसमा नेपालको कालापानी क्षेत्रलाई पनि भारतीय सिमानाभित्र समावेस गरिएपछि नेपालमा ठूलो तरंग सृजना भएको थियो । कालापानी क्षेत्र भारतले आफ्नो सिमानामा पारेर नक्सा सार्वजनिक गरेपछि नेपालमा चर्को विरोध भएको थियो ।