काठमाण्डौं फागुण १६ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राई विरुद्ध दोलखाकी बालिका खड्का(राई) ले श्रीमान् भएको भन्दै अंश मुद्धा दायर गरेकी छन् । खड्काले ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी जिल्ला अदालत काठमाडाैंमा अंश मुद्दा दायर गरेकी हुन् ।
आज जिल्ला अदालत काठमाण्डौंमा आज दायर गरिएको मुद्धामा राईलाई श्रीमान् कायम गरि अंश दिलाई दिन माग गर्दै मुद्धा दायर भएको काठमाण्डौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दराज श्रेष्ठले मिर्मिरेलाई जानकारी दिए जाकारी दिए ।
खड्काले सञ्चारमन्त्री भएका बखत राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको उल्लेख गरेकी छन्।
राईले आफूलाई यौन दुव्यवहार गर्दै घरेलु हिंसा गरेको आरोपसमेत मुद्दामा लगाएकी छन्। मुख्यमन्त्री राईले शारीरिक यातना दिएकोसमेत उनको मुद्दामा उल्लेख छ।
अब यस बिषयमा अदालतमा पेशी चढ्ने र राई विरुद्ध म्याद तामेल हुने जानकारी पनि दिए । खड्काले आफूलाई राईले बिबाह गरेको र घरेलु हिंशा समेत गरेको दावी मुद्धामा गरेकी छन् ।
यस बिषयमा मुख्य मन्त्री राईसगँ सम्पर्क गर्न खोज्दा उनको सचिवालय स्रोतले यो बदनाम गर्ने प्रयास मात्र भएको प्रतिकृया दियो ।
पूर्व युवा संघकी निर्वाचित केन्द्रीय सदस्य रहेकी खड्कालाई ७३ साल भदौ २६ गते राईसगँ नाता कायम गरीपाँउ भनेर पार्टी कार्यलयमै मुद्धा दायर गरे पछि संगठनले कार्बाही गरेको थियो । बालिका खड्का पहिला प्रधानमन्त्री कार्यलयको सचिवालयमा समेत काम गरीसकेकी कार्यकर्ता हुन् ।
शुरुमा पार्टीमा र केही समय मिडियामा छाएको यो घटना अब अदालतै पुगे पछि के हुन्छ त्यो भने हेर्न बाकीँ छ ।