नेप्सेमा नयाँ इतिहास: १९७.६ अंकले बढ्यो, कर्मचारी र लगानीकर्ताले ‘मिठाई’ बाँडेर मनाए खुसीयाली

नेप्सेमा नयाँ इतिहास: १९७.६ अंकले बढ्यो, कर्मचारी र लगानीकर्ताले ‘मिठाई’ बाँडेर मनाए खुसीयाली

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, १६ फागुन ।
यस साता नेप्से परिसूचक अत्याधीक अंकले उकालो लागेको छ । गत साता ८९.९८ अंकले उकालो लागेको परिसूचक यो साता भने अघिल्लो साताको तुलानमा १०७ अंकले बढेर १९७.६ अंकले उकालो लागेको छ ।

आइतबार १४३४.५७ को बिन्दुबाट सुरु भएको कारोबार अन्तिम कारोबारका दिन विहिबार १६३२.१७ को बिन्दुमा पुगेको हो । अघिल्लो साता १३४४.५९ को बिन्दुमा पुगेको नेप्सेले नयाँ रेकर्ड बनाएको हो । यस साता धितोपत्र बजारमा इतिहास मै पहिलो पटक एक सातामा १८ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ ।

अघिल्लो साता पनि एक सातामा ११ अर्बको कारोबार हुदाँँ बजारमा नयाँ इतिहास बनेको थियो । यस साता १ सय ८७ कम्पनीको ४ करोड ४९ लाख कित्ता शेयर खरिद विक्री हुदाँ यस साता १८अर्ब ६२ करोड बराबरको कारोबार भएको छ । जुन अहिले सम्म कै धेरै साप्ताहिक कारोबार हो ।

त्यस्तै, यस साता भरीको औसत कारोबारमा पनि नेप्सेले नयाँ इतिहास बनाएको छ । यस साता औसतमा दैनिक ३ अर्ब ७२ करोड बराबरको कारोबार भएको छ । यो अहिले सम्म कै धेरै औसत कारोबार हो ।

कारोबार रकम उच्च हुँदै गएपछि नेपाल स्टक एक्चेन्जले दिनहुँजसो प्रेस विज्ञप्तिमार्फत नेपालको पुँजी बजारको इतिहासमा सबैभन्दा धेरै करोबार भएको सन्देश प्रवाह गरिरहेको छ।

गत कात्तिक २० गतेदेखि अनलाइन कारोबार सुरु भएकाले पनि लगानीकर्तालाई सेयर खरिद-बिक्री गर्न सहज भएको नेप्सेको भनाइ छ। कूल कारोबार रकमको करिब ५० प्रतिशत सेयर खरिद-बिक्री अनलाइनबाट हुन थालेको नेप्सेको दाबी छ।नेप्सेसँगै कारोबार रकममा आएको सुधारले लगानीकर्ता उत्साह थपेको छ। नेप्सेका कर्मचारी र लगानीकर्ताले खुसीयालीमा मिठाइ बाँडेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ