प्रधानमन्त्री ओली पूर्वमन्त्री बाँस्कोटाको प्रवक्ता बनेः कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्री ओली पूर्वमन्त्री बाँस्कोटाको प्रवक्ता बनेः कांग्रेस प्रवक्ता शर्मा

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, फागुन १६ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओली पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको प्रवक्ता बनेको आरोप लगाउनु भएको छ ।

प्रवक्ता शर्माले आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई सरकारका पूर्वप्रवक्ता बाँस्कोटाकै प्रवक्ता नबन्न सुझाव पनि दिनुभएको छ । बाँस्कोटाको ‘७० करोड कमिशन’ काण्डको बचाउ गरेर प्रधानमन्त्री ओलीले आफ्नो हैसियत बिर्सिएको आरोप पनि उहाको छ ।

कुनै पनि घटनाको प्रहरीले अनुसन्धान गर्ने, वकीलले बहस गर्ने र न्यायाधीशले फैसला गर्ने स्मरण प्रधानमन्त्री ओलीलाई गराउँदै शर्माले तीन वटै निकायले गर्ने कामको भारी बोक्दा प्रधानमन्त्रीको भारी बोक्न झन् गाह्रो हुने बताउनु भएको छ ।

हिजो काठमाडौैंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले बाँस्कोटा प्रकरणको प्रष्टीकरण दिनेक्रममा ‘अनाडी’ मान्छेले अनधिकृत तरिकाले टेप गरेर सुनियोजित रूपमा सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ