पेट्रोलियम पदार्थमा बढेको करले उपभोक्ता मूल्य बढ्दैनः अर्थमन्त्रालय

पेट्रोलियम पदार्थमा बढेको करले उपभोक्ता मूल्य बढ्दैनः अर्थमन्त्रालय

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं १६ फागुन ।
अर्थ मन्त्रालयले पूर्वाधार विकास कर वृद्धिले इन्धनको उपभोक्ता मूल्यमा फरक नपर्ने स्पष्ट पारेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी पूर्वाधार विकास करमा गरिएको वृद्धिले नेपाल आयल निगमको स्वचालित मूल्य प्रणाली र हाल बजारमा कायम रहेको उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने जनाएको हो ।

अन्तर्रा्ष्ट्रिय बजारमा केही समयदेखि कच्चा तेलको मूल्य घट्दै गएको अवस्था छ । नेपालमा पेट्रोलियम इन्धनको स्वचालित मूल्य प्रणाली लागू भएपनि खुला सिमानाका कारण भारतीय बजारमा प्रचलित मूल्यसमेतलाई आधार मानी मूल्य समायोजन गर्न अनिवार्य हुने मन्त्रालयले जनाएको छ ।

अहिले नै सीमावर्ती भारतमा भन्दा नेपालमा पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ र डिजलमा १५ रुपैयाँ सस्तो रहेको र यस्तो अवस्थामा चोरी–निकासी नियन्त्रण गर्न प्रहरी प्रशासन परिचालन गर्नुपर्ने अवस्था रहेको मन्त्रालयको भनाइ छ ।

हाल नेपाल आयल निगमको नाफा एवं वित्तीय अवस्था सहज भएको र अब बढ्ने निगमको नाफा पूर्वाधार विकासमा खर्च गर्न पर्याप्त हुने देखिएकाले करको दरमा परिमार्जन गरिएको सरकारी भनाइ छ । यसले उपभोक्ता मूल्यमा वृद्धि नगरिकन नै निगमको वित्तीय अवस्था सुदृढ रहने स्थिति रहेको मन्त्रालयको तर्क छ । मन्त्रिपरिषद्को गएको सोमबार बसेको बैठकले डिजेल र पेट्रोलमा लगाइँदै आएको पूर्वाधार विकास कर दोब्बर बढाएर १० रुपैयाँ र्पुयाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ