गोकुल बास्कोटा न्याय खोज्दै पुगे काठमाण्डौ जिल्ला अदालतमा

गोकुल बास्कोटा न्याय खोज्दै पुगे काठमाण्डौ जिल्ला अदालतमा

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

फागुण १६ काठमाण्डौं । सेक्युरीटी प्रेस खरीद प्रकरणमा ७० करोड कमिसनको अडियो सार्वजनिक भए पछि राजीनामा दिन बाध्य भएका प्रधानमन्त्री केपी ओलीका निकट पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा न्याय माग्न जिल्ला अदालत काठमाण्डौं पुगेका छन् ।
बास्कोटाले प्रतिनिधि मार्फत उक्त अडियो सार्बजनिक गर्ने बिजय मिश्र विरुद्ध मुद्धा दायर गरेका छन् ।
मुद्धामा मिश्रले झट्टा लान्छाना लगाएको र गाली बेईजति भएको भन्दै न्याय पाँउ भनी मुद्धा दायर गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सो अडियो नक्कली हुन सक्ने भन्दै बचाउ गरेको भोलिपल्ट गोकुल अदालतमा पुगेका हुन् । बास्कोटा ओलीको निजि घर बालकोटमा बस्दै आएका छन् ।
चौतर्फी रुपमा बास्कोटालाई अख्तियार र सिआईबीले छानविन गर्नु पर्ने, पक्राउ गरेर अनुसन्धान गर्नु पर्ने आवाज उठिरहेका बेला उनी उल्टै अदालत पुगेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ