ओलीलाई मनाउन माधव नेपाल सक्रिय

ओलीलाई मनाउन माधव नेपाल सक्रिय

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

पछिल्लो सताबाट तरगित हुदै गएको नेकपाको आन्तरीक पार्टी सत्तामा नयाँ ध्रुवीकरणसगैं सचिवालयको निर्णय विपरीत जे परे परोस् म निर्णय मान्दिन भनेर असन्तुष्ट बनेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई मनाउन माधव नेपाल सक्रिय भएका छन् ।
केही दिन अघि सम्म दिनहुँ जसो छलफल गर्ने प्रचण्ड सचिवालयको बैठक पछि बालुवाटार गएका छैनन् । जब कि माधव नेपाल सचिवालयको बैठकको निर्णय अनुसार वामदेवलाई राष्ट्रिय सभाम सिफारीस नगर्ने युवराज खतिवडालाई नै निरन्तरता दिने भनेर प्रधानमन्त्रीले फोन गरे पछि माधव नेपाल लगत्तै फेरी बालुवाटार पुगेका थिए ।
त्यस पछि शुक्रबार बिहान फेरी खुमलटार स्थित प्रचण्ड निवासमा तीन जना नेताहरुबीच छलफल भए पछि त्यो सन्देश बोकेर माधव नेपाल बालुवाटार पुगेको स्रोतको दावी छ ।
लामो समय देखि सांगठनिक लगायतका बिषयमा असहमति राख्दै आएका नेपाल यतिबेला पार्टी भित्र बढ्दो ध्रुवीकरणलाई सन्तुलनमा ल्याउने र पार्टी निर्णय कार्यन्वयन गर्न सक्रिय भएर लागेको स्रोतको दावी छ ।
यो निर्णय कार्यन्वयन नभए दुर्घटना हुन सक्ने भन्ने प्रचण्ड, खनाल सहितका नेताको मत पछि यो बिषयमा ओलीसगँ छलफल गर्न नेपाल बालुवाटार पुगेको बताईएको छ ।

आफूले समेत सहमति जनाएको वामदेव गौतमको बिषयको निर्णय लागू गर्दिन भने पछि ओली एक्लीएका छन् । उनी निकट विष्णु पौडेल समेतले निर्णय कार्यन्वयन गर्नु पर्छ भने पछि ओली पक्ष कमजोर भएको हो । त्यसोत उनलाई साथ दिईरहेका ईश्वर पोखरेल समेत यो बिषयमा मौन देखिएको बताईन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ