प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यन्वयन गर्नु हुन्न भन्ने कल्पना पनि गर्न सकिन्नः प्रचण्ड

प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यन्वयन गर्नु हुन्न भन्ने कल्पना पनि गर्न सकिन्नः प्रचण्ड

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत दावी गरेका छन् । आज भरतपुर विमानस्थलमा पत्रकाररुसगँ कुरा गर्दै दाहालले प्रधानमन्त्रीले सर्वसम्मत रुपमा भएको निर्णय नमान्ने कुरा कल्पना पनि गर्न नसकिने भन्दै यदी निर्णय अनुसार भएन भने के गर्ने भन्ने कुरा नसोचिएको बताए ।
प्रेस सङ्गठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले २१ गते सम्ममा गौतमलाई नै सिफारिस गर्ने दावी गरे ।

“प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन, उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो ।” प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो, “म अहिले त्यतातिर जानै चाहन्न । मलाई विश्वास छ, उहाँले पार्टीको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुने छैन ।”

आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको दाहालको भनाइ थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको बताउँदै उहाँले छ महिनासम्म सांसद नभएको व्यक्ति पनि मन्त्री हुनसक्ने दाहालले बताए ।

संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको शर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो ।

उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोल कल्पित मात्र भएको उनको जिकिर छ “त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ । त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु ।” दाहालले भने ।
प्रत्यक्ष निर्वाचनमा पराजित व्यक्ति मनोनीत भएको प्रशस्त उदाहरण भएको बताउँदै उहाँले मैले ल्याएर केके गरँ भन्ने तपाईँहरुलाई थाहा नै छ नि भन्दै माधव नेपालको प्रसंग अघोषित रुपमा जोडेका थिए । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता शेखर कोईरालासगँको प्रधानमन्त्रीको भेट सामान्य भएको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ