गंभीर भीडन्ततिर नेकपाः वामदेवलाई पाखा लगाए, ओलीलाई अरुले पाखा लगाउने ?

गंभीर भीडन्ततिर नेकपाः वामदेवलाई पाखा लगाए, ओलीलाई अरुले पाखा लगाउने ?

  • बिहिबार, फाल्गुन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौं फागुण १४ । पछिल्लो समय प्रधानमन्त्री ओली खास गरी आफ्नो विस्वास पात्र गोकुल बास्कोटाको ७० करोडको अडियो काण्ड आए पछि निकै संकटमा पर्दै गएका प्रधानमन्त्री केपी ओलीमाथि पार्टी भित्र पनि अर्को संकट पैदा भएको छ ।
खास गरी आफ्नै प्रस्तावमा उपाध्यक्ष भएका बामदेव गौतमलाई राष्ट्रिय सभामा पनि ल्याउन आफैले गरेको सहमति आफै नमान्ने तिर ओलीले एकाएक सन्देश फैलाए पछि अहिले गंभीर भीडन्तको संकेत देखिएको हो ।
बुधबार बैठकले वामदेवका पक्षमा निर्णय गरेको केही घण्टा पनि वित्न नपाउदै माधव कुमार नेपाललाई फोन गरेर गौतमलाई सिफारीस गर्दिन, युवराज खतिवडालाई नै निरन्तरता दिन्हु , आउने चूनौतीको सामना गर्न तयार छु , मलाई पेल्नु भयो भन्दै सन्देश दिए पछि एकाएक राजनीतिक वातावरण तरंगित बन्यो ।
त्यस पछि माधव कुमार नेपाल वालुवाटार फेरी पुगे, त्यही ईश्वर पोखरेल पनि आए र घण्टौं यस बिषयमा छलफल भयो ।
हो यही छलफलमा ओलीले कसरी घेराबन्दी भन्ने कुरा सुनाएको बताईएको छ । ठूला व्यापारीहरुको षड्यन्त्रमा परेर प्रचण्ड देखि विष्णु पौडेल सम्मका नेताहरु वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई हटाउन लागेको ओलीले बताउने गरेका छन् ।
प्रचण्ड सहितका नेतालाई विनोद चौधरी, अजय सुमार्गी सहितका ब्यापारीले र्याडीसन होटलमा प्रचण्ड देखि पौडेल सम्मले भोज खाएको प्रधानमन्त्री निकटका स्रोतहरुले दावी गर्ने गरेका छन् ।
यी सबैका बाबजुद अब प्रचण्डको प्रस्तावमा वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णयलाई नमान्दा ओली पार्टी भित्र निकै अप्ठेरोमा पर्ने भएका छन् ।
निर्णय नमान्ने उनले हिजो बताए पनि एक पछि अर्को नेताहरुले ओलीको साथ छाड्दै जानु र नजिकका विष्णु पौडेल सम्म पनि प्रचण्डतिर ढल्किएको देखिए पछि ओली एक्लिदै गएका छन् । अहिले उनलाई ईश्वर पोखरेल बाहेक अरु ठूला नेता साथ दिन तयार छैनन् ।
नेकपाका अन्य नेता झलनाथ खनाल देखि विष्णु पौडेल र युवराज ज्ञवाली सम्म पनि ओलीले यो निर्णय कार्यन्वयन गर्नै पर्ने नगरे पार्टीले उनलाई हटाउन सक्ने , पार्टीले नै प्रधानमन्त्री, राष्ट्रपति बनाएको तर्क गरेर ओलीलाई चेतावनी दिएका छन् । यो गंभीर आन्तरीक तथा बाह्य संकट थपिए पछि अब के गर्ने भन्ने बारे निष्कर्ष निकाल्न ओलीलाई अप्ठ्यारो परेको देखिएको छ ।

वामदेव राष्ट्रिय सभामा आउदाँ ओलीलाई के घाटा ?

वामदेव गौतम एमालेमा फर्किए पछि पछिल्लो पटक नवौं महाधिवेशनका बेला ओलीलाई अध्यक्ष बनाउन वामदेवकै घरमा ओली र गौतमबीच गोप्य सम्झौता भएको थियो । अर्को महाधिवेशन पछि गौतम अध्यक्ष बन्ने । गौतम पार्टी उपाध्यक्ष बने । अहिले प्रधानमन्त्री बने पछि , पार्टी एकता भए पछि पनि ओली र गौतमको सम्बन्ध खासै विग्रिएको थिएन । उनलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव पनि ओलीले ल्याएका थिए र भयो पनि ।
तर प्रचण्डको प्रस्तावमा गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने र सविधान शसोधन गरी प्रधानमन्त्री बन्नेबाटो खोल्ने तिर आए पछि र त्यसको प्रतिकृयाहरु आउन थाले पछि ओलीले घेरा महसुस गर्न थालेका थिए । हुन पनि भैसेपाटीमा प्रचण्ड, गौतम, खनाल,नेपाल लगायतका नेताले बैठक गरे देखि नै ओली रुष्ट हुदै आएका थिए ।
त्यस पछि बुधबार बिहान पनि प्रचण्ड निवास खुमलटारमा प्रचण्ड खनाल लगायतका नेता बसेको सूचना पाए पछि प्रधानमन्त्री थप चिढिएको बताईएको छ । नेकपा भित्र बढ्दो आन्तरीक संघर्ष र सरकारमाथि उठदै गरेका प्रश्नरुले गंभीर संकेत गरेको बुद्धीजीवीहरुको तर्क छ ।

ओलीले वामदेवलाई पाखा लगाए पनि अरुले ओलीलाई नै सकारबाट फिर्ता बोलाउन दवाव दिन सक्ने वातावरण बन्न सक्ने औल्याईएको छ । किन भने पृष्टभूमिमा ७० करोडको टेप काण्ड सहितका घटनाक्रमले सरकारमाथिको आलोचना र प्रधानमन्त्रीको राजीनामा माग्ने काम निकै तीव्र रुपमा बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ