आफ्ना नेताहरुसगँ असन्तुष्ट बनेका बेला प्रधानमन्त्री ओलीले डेढ घण्टा किन भेटे काग्रेस नेता कोईरालालाई ?

आफ्ना नेताहरुसगँ असन्तुष्ट बनेका बेला प्रधानमन्त्री ओलीले डेढ घण्टा किन भेटे काग्रेस नेता कोईरालालाई ?

  • बिहिबार, फाल्गुन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

काठमाडौं फागुण १५ । वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारीस गर्ने निर्णय लगायत विभिन्न बिषयमा आफ्नै नेताहरुसगँ असन्तुष्ट रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काग्रेसका नेता डा. शेखर कोईरालासगँ भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवासमा बालुवाटारमा ओली र शेखरबीच डेढघण्टा लामो भेटवार्ता भएको हो ।

भेटको शुरुमै कोइरालाले आफुले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ भनेको प्रसङ्गबाट कुरा उठाएको स्रोतले बताएको छ ।
भेटमा राष्ट्रिय राजनीति, बाँस्कोटा प्रकरण, संविधान संशोधन, नेकपाभित्रको चलिरहेको आन्तरिक कलह र कांग्रेसका बिषयमा पनि छलफल भएको बताइएको छ ।

शेखरले व्यक्तिको अनुहार हेरेर संविधान संशोधन गर्दा कुनै पनी बेला मुलुक दुर्घट्नामा पर्न सक्ने भन्दै त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताईएको छ ।

प्रधानमन्त्री ओली र शेखरबीच भेटवार्ता भएको कोइरालाका सहयोगी दिनेश थपलियाले भेट भएको बताए ।

प्रधानमन्त्री ओली पार्टी भित्र अप्ठेरोमा परेको र कोईराला सभापति बन्छु भन्दै देश दौडाहामा हिडिरहेका बेला यो भेट भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ