नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मातृभूमि छाड्ने कल्पना पनि नगरेको बताएकी छन्।
देशले दिएको प्रतिष्ठा र इज्जतको गुन तिर्न बाँकी नै रहेकोले आफू नेपाल छाड्न नसक्ने उनले बताइन्। सुजाता बेलायत बसोबासका लागि जाने समाचार सञ्चार माध्यमहरूमा आइरहेको उल्लेख गर्दै कोइरालाले भनिन्, ‘आफूमाथि अनेकौं प्रहार हुँदासमेत देश नछाडेकोले अहिले मुलुक छाड्ने हल्ला चलाइनु वेकार हो।’
उनले देश छाड्ने कुरा कल्पना बाहिरको भएको बताइन्। ‘मैले देश छाड्ने कुरा कल्पना बाहिरको विषय हो। मेरा लागि सबैभन्दा प्रिय यो देश हो अनि म कसरी छाड्न सक्छु ? मर्नुपरे पनि नेपालमै मरौंला।’
कोइरालाले आफू क्यान्सरमुक्त भई नयाँ जीवन पाएको पनि बताएकी छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline