विराटनगरमा ६ करोड लागतमा मिल्क एण्ड वेभरेज उद्योग स्थापना

विराटनगरमा ६ करोड लागतमा मिल्क एण्ड वेभरेज उद्योग स्थापना

  • बुधबार, फाल्गुन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

मुख्यमन्त्री शेरधन राईले कुनै पनि किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरणमा समस्या नहुने बताउनु भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेतको जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री राईले प्रदेश १ बाट मिल्क होलिडेको अन्त्य भईसकेको बताउँदै अब किसानका लागि सरकारले कार्यक्रम लक्षित गर्ने बताउनु भएको हो ।
विराटनगर–१४ जुतवामा तीनजना लगानीकर्ताले सञ्चालनमा ल्याएको सुर्योदय मिल्क एण्ड वेभरेज इन्डस्ट्रि प्रा.लि.को बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री राईले किसानका लागि आगामी दिन खुशीका रहने दावी गर्नुभयो ।
उहाँले युवाहरुलाई उद्यमशिलतामा लगाएर समृद्ध नेपालको सपना पूरा गर्ने सोच सरकारले राखेको बताउँदै निजी क्षेत्रको लगानीबीच नै प्रतिस्प्रर्धा आवश्यक रहेको बताउनुभयो । प्रदेश १ लाई दुध, मासु र अण्डा मा आत्मानिर्भर बनाउने लक्ष्य राखिएको बताउँदै उहाँले पशुपालनका लागि आवश्यक पर्ने घाँस, गोठ र जनशक्तिमा सरकारले लगानी गर्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकारको अनुदानमा चाँडै आठ करोड रुपैयामा दाना तथा साइलेज उद्योग स्थापनाको प्रक्रिया थालिनेमा जोडठ दिनुभयो । युवाहरुलाई कृषिजन्य उद्योममा आकर्षित गर्नका लागि सरकारले नयाँ नयाँ योजना आगामी आर्थिक वर्षमा ल्याउने लागेको उहाँको भनाई थियो ।
यसैगरी राज्यमन्त्री रामबहादुर राना मगरले निजी क्षेत्रको लगानीमा प्रतिस्पर्धामा उत्रनसक्ने गरि सरकारले गर्नुपर्ने सहयोग र सहजीकरण गर्ने बताउनुभयो । उहाँले कृषिजन्य उद्योग र बजारीकरणका लागि सहजीकरण गर्दै कृषिलाई व्यवसायिकरण बनाइने बताउनुभयो ।
यसैगरी नेकपाका नेता गुरु बरालले किसानलाई नउठाई देशको विकास संभव नरहेको बताउँदै अनुदान लगानीमा विचार पु¥याउन आग्रह गर्नुभयो । उहाँले कृषिजन्य उद्योगका लागि किसान नै मुख्य पात्र भएकोले सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
अनुभवी र सम्बन्धित क्षेत्रमा दक्ष विराटनगरका मनोज यादव, अनुज यादवसँगै उद्योगी प्रेम राठीको संयुक्त ६ करोडको लगानीमा उद्योग स्थापना गरिएको हो । उद्योगले दुध, दहि, पनिर, घ्यू र बटर उत्पादन सुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ