नेकपा गंभीर विवादतर्फ जाने संकेतः गौतमलाई राष्ट्रि सभामा सिफारीस गर्ने बैठकको निर्णय नमान्ने भन्दै ओलीले दिए कि वार कि पारको चेतावनी

नेकपा गंभीर विवादतर्फ जाने संकेतः गौतमलाई राष्ट्रि सभामा सिफारीस गर्ने बैठकको निर्णय नमान्ने भन्दै ओलीले दिए कि वार कि पारको चेतावनी

  • बुधबार, फाल्गुन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

फागुण १४ काठमाण्डौं । सत्तारुढ नेकपा एक पछि अर्को आन्तरीक विवादमा गंभीर रुपले फस्दै जाने देखिएको छ । आज सचिवालयको बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारीस गर्ने निर्णय गरेको केही घण्टा पछि नै प्रधानमन्त्री तथा पार्टी अध्यक्षले गौतमलाई सिफारीस नगर्ने र अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिन्छु भनेर केही सचिवालय सदस्यलाई फोन मार्फत चेतावनी दिए पछि परिस्थिति जटिल बनेको हो ।
चित्त नबुझ्दा नबुझ्दै पनि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, र वाम देव गौतम सहितकाले गौतमको पक्षमा गरेको लविगंका कारण सिफारीस गर्ने निर्णयमा सहमति जनाएका ओलीले केही घण्टा पछि नै यस्तो सन्देश दिए पछि नेताहरुबीच गंभीर चिन्ता पैदा भएको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले मेरा विरुद्ध षड्यन्त्र गर्ने खेल खेल्ने भए पछि म सामना गर्न तयार छु भन्दै चेतावनी दिन थालेको बताईएको छ ।
भैसेपाटी भेला, सविधान ससोधन गरेर गौतमलाई प्रधानमन्त्री बनाउने बाटो खोल्नु भनेको आफ्नो लागि चूनौती हुने , एमसीसी पास गर्न भएको ढिलाई जस्ता बिषयमा ओलीले असन्तुष्टी पोखेको बताईएको छ । पाटी प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त निर्णय सर्वसम्मत भएकाले एउटा अध्यक्षले उल्ट्याउन नमिल्ने बताएका छन् ।
यदी पार्टीको निर्णय मानिएन भने अन्य नेताहरुले के प्रतिकृया दिने हुन् त्यो हेर्न बाकीँ छ । तर दुई पार्टी एकता भएको २ बर्ष पुुग्दा नपुग्दै पार्टी भित्रको किचलो निकै बढे पछि तनावको स्थिति पैदा भएको छ । फलस्वरुप पार्टी आफैले गरेका निर्णयहरुमा टिक्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ