काठमाडौं, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौंको होटेल याक एण्ड यतीमा बुधबार आयोजित विशेष कार्यक्रममा उपाध्यक्ष ढकालले उम्मेदवारी दिने घोषणा गरेका हुन् । आगामी चैत २८ र २९ मा हुने महासंघको साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। बरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने प्रावधान रहेको छ।
महासंघका पूर्व अध्यक्षहरू सुरज बैद्य, चण्डिराज ढकाल र महासंघका सातमध्ये ५ वटा प्रदेशका अध्यक्षहरुलगायत थुप्रै उद्यमीको उपस्थितिमाझ ढकालले उम्मेदवारी घोषणा गरेका हुन्।
ढकालले ‘समृद्धिको आधार राज्य-निजी क्षेत्र साझेदार’ भन्ने नारालाई आफ्नो उम्मेदवारीको प्रमुख एजेन्डा बनाएका छन्। उम्मेदवारी घोषणा गर्ने क्रममा आगामी अध्यक्ष शेखर गोल्छाको प्रशंसा गर्दै उनले महासंघको भावि अध्यक्षका रुपमा एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेकाे बताउदैँ गाेल्छाको नेतृत्वमा एउटा व्यवसायिक र गतिशिल टीम बन्ने बताए ।
ढकालले निजी क्षेत्र समृद्धिको दरिलो खम्बा भएको बताएका छन्। ढकालले भने, ‘महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न मेरो प्रयास रहनेछ। त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने प्रयास गर्नेछु।