काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छ । बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे दुई अध्यक्षले धारणा राखेपछि के निर्णय गर्न सक्ने बताईएको छm ।
यसअघि गत १० फागुन शनिबार बसेको सचिवालय बैठकमा पनि एमसीसी बारे छलफल भएको थियो फागुन ९ मा नेकपाको एमसीसी अध्ययन कार्यदलले १९ दिन लगाएर अध्ययन प्रतिवेदन सुझावसहित अध्यक्षलाई बुझाएको थियो । सोही प्रतिवेदनको सुझावका आधारमा परिमार्जन सहित एमसीसी पारित गर्ने बिषयमा नेताहरुले निष्कर्ष निकाल्ने जनाईएको छ ।
यसै गरी आजको बैठकमा पूर्वसुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने छ । एमसीसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र नेकपाभित्रैबाट दबाव आउन थालेपछि नेकपाले बैठकमार्फत निर्णय गर्न लागेको हो । बास्कोटाको ७० करोड काण्डले सरकारलाई निकै रक्षात्मक बनाएको छ । बाहिर चौतर्फी आलोचना भईरहेको छ भने ससदमा प्रधानमन्त्रीको राजीनामा माग्न थालिएको छ । साथै ससदमा प्रधानमन्त्री ओलीले आफ्ना विस्वास पात्र बास्कोटाको प्रकरणबारे जवाफ दिनु पर्ने माग काग्रेस सहितका प्रतिपक्षीले गर्दै आएका छन् । यसै गरी संविधान शसोधन र वामदेव गौतमलाई राष्ट्रिय सभामा सदस्य बनाउने र प्रधानमन्त्री बनाउने भन्ने बिषयमा पनि आजको बैठकमा छलफल हुने बताईएको छ ।