प्रम ओलीको जन्मोत्सवः त्यो घरलाई पनि लाग्यो होला आफ्‍नो खड्‌गप्रसाद होइन, राजा महाराजा हो, रिजालको टिप्पणी

प्रम ओलीको जन्मोत्सवः त्यो घरलाई पनि लाग्यो होला आफ्‍नो खड्‌गप्रसाद होइन, राजा महाराजा हो, रिजालको टिप्पणी

  • मङ्लबार, फाल्गुन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

फागुण १३ काठमाण्डौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले कम्युनिस्ट सरकारका कामलाई देखेर जनता आक्रोशित रहेको भन्दै अब प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍‌मा जवाफ दिन माग गरेका छन् । प्रधानमन्त्री जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै सदनले छानेको हुनाले सदनलाई आस्वस्त पार्नु पर्ने बताए ।

सांसद रिजालले तामझामका साथ ५ वटा हेलिकप्टर लिएर तेह्रथुममा प्रधानमन्‍त्रीले जन्मदिन मनाएको विषयमा आपत्ति जनाउदै यसरी ब्ग्य गरे ,त्यो घरलाई पनि लाग्यो होला आफ्‍नो खड्‌गप्रसाद होइन, राजा महाराजा हो। त्यो घरको आत्माले तपाईंलाई चिनेन होला। त्यो घरको अगाडि उभिएर जनता कुन लोकमा र तपाईं कुन लोकमा हुनुहुन्छ भन्ने सोच्‍नु भयो ?

स्याटेलाइट टेलिकम फाइबर, फोरजी वितरण लगायतका विषयमा सञ्‍चार मन्त्रालय भ्रष्टाचारको अखडा बनेको भन्दै प्रधानमन्‍त्रीलाई उनले भने, त्यसैले होला तुलामा जोख्दा सञ्‍चारमन्‍त्री एकातिर अरु अर्कोतिर गर्दा बराबर हुन्छ भन्नुभएको ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ