काग्रेस सासद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुल बास्कोटाको भ्रष्टाचाको अडियो र अन्य काण्डका बारेमा सदनमा जवाफ दिनु पर्ने माग दोहोर्याएका छन् ।
अहिले जारी संसदको बैठकमा उनले प्रधानमन्त्रीलाई कडा प्रश्न गर्दै सदनमा आएर आखामा आखा जुधाएर बोल्ने र जवाफ दिने हिम्मत छ कि छैन ? भनेका छन्।
थापाले भ्रष्टाचारीको अनुहार हेर्दिन भन्नु हुन्थ्यो बालुवाटारमा ऐना छ कि छैन भनेर ब्यग्य गरे । उनले यति होल्डिग्स , बास्कोटाको पक्षमा तुलना गरेको तुलो भाँचिएको प्रसंग उठाउदै जन्म दिनमा देखिएको राजशी छाठ पूर्व राजा ज्ञानेन्द्र शाहको जस्तो भएको टिप्पणी गरे ।
उनले देशको श्वास्थ्यका लागि, नेकपाको श्वास्थ्यका लागि आफू स्वास्थ्य लाभमा लाग्न भन्दै घुमाउरो भाषामा राजीनामा समेत मागे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline