समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पञ्चायत र राजतन्त्री जस्तै अहिलेको ओलीतन्त्र पनि अन्त्य हुने चेतावनी दिएका छन् । आज पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने काग्रेस र समाजवादी पार्टीका विद्यार्थी नेता पक्राउ गरेको विरोधमा उनले ट्वीटर मार्फत यस्तो चेतावनी दिएका हुन् ।
सोमबार साँझ ट्वीटर ह्यान्डलमार्फत कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु ओली सरकार पञ्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण भएको प्रक्रिया दिएका हुन् ।
‘शान्तिपूर्ण ढंगले विरोध गर्न पाउनु संविधानप्रदत्त लोकतान्त्रिक अधिकार हो । निरंकुश पञ्चायती कालमा झैं कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु भनेको ओली सरकार पन्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण हो,’ उनले अगाडि लेखेका छन्, ‘जसरी पञ्चायत गयो, राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ ।’